१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

राजनीति

स्थानीय चुनावमा राज्यसत्ताको चरम दुरुपयोग भएको लोसपाको निष्कर्ष

न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ । आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल […]

न्यूजमधेश डेस्क काठमाडौं ,१६ जेष्ठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउने छन् । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट अनुशासनको सीमामा रहेर नआएको आरोप लगाएका छन् । ‘चुनावमा भोट बढ्छ भन्ने मात्रै हिसाब गरेको छ,’ संसद भवनबाहिर पत्रकार हरुसँग कुरा गर्दैै उनले भने, ‘जम्मै कुरा भनिदिएपछि भोट बढ्छ भन्ने मनसाय राखेको छ । त्यसकारण यसले आफूलाई अनुशासनको सीमामा पनि […]

न्यूजमधेश डेस्क काठमाडौं ,१४ जेष्ठ । सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको कामलाई प्राथमिकतामा राख्ने कि वातावरणीय विषय भन्ने जिज्ञासा पनि उत्तिकै उठेको छ । सर्वोच्चको बृहद् पूर्ण इजलासले गरेको फैसला पुनरावलोकन हुन सम्भावना कम छ । यद्यपि, राजनीतिक नेतृत्वले विमानस्थल […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]

न्यूजमधेश डेस्क काठमाडौं, ११ जेष्ठ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बलात्कारको घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका छन्। बुधबार कांग्रेसका नेतृहरूले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महंगी बढेको तथा सामाजिक अपराधका घटनाहरुमा न्याय निरुपण जटिल बनेको भन्दै गरेको ध्यानाकर्षणमा देउवाले हदम्याद तत्काल हटाउने प्रतिबद्धता जनाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी […]

न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५५ हजारभन्दा धेरै भएको छ । ताजा मतपरिणाम अनुसार १ लाख ६९ हजार १७९ मत गणना हुँदा बालेनले ५५ हजार २४३ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ९३० मत ल्याएकी छिन् । एमालेका केशव […]