०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

माओवादीभित्र मन्त्री माग्नेको घुँइचो, प्रचण्ड भन्छन्– केही दिनदेखि मानसिक तनावमा छु

न्यूजमधेश डेस्क काठमाडौं,९ श्रावण । नेकपा माओवादी केन्द्रभित्र मन्त्री पदका लागि हानाथाप शुरु भएको छ। मन्त्रीका लागि नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनहुँ दबाव दिइरहेका छन्। प्रचण्डले केही दिनदेखि आफू मन्त्री आतंकको शिकार भइरहेको बताए। नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले मन्त्री बन्न दबाव दिने नेताहरुको हुलबाट फुत्केर आएको प्रतिक्रिया दिए। “माओवादीले ७ मन्त्री […]

न्यूजमधेश डेस्क काठमाडौं, ९ श्रावण। जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ । आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । […]

न्यूजमधेश डेस्क बारा ,८ श्रवाण । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागिपरेको छ भने एका तिर नेता तथा कार्यकर्ताहरु धमाधम जेल गैरहेको छ ।यसैक्रममा जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी […]

न्यूजमधेश डेस्क काठमाडौं,८ श्रावण । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभएको राजीनामा फिर्ता लिनुभएको जानकारी दिनुभयो । गत असार २८ गतेको सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन […]

न्यूजमधेश डेस्क सिरहा,८ श्रावण । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १७ स्थित खैरटोकामा पोखरीमा घाट निर्माण भएको २ साता नबित्दै चिरा पर्न थालेको छ । नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा निर्माण भएको घाट २ साता पनि नबित्दै भत्किन लागेको हो । नगरपालिकाले गत आर्थिक वर्षमा उक्त पोखरीमा उपभोक्ता समिति मार्फत् ६५ मिटर लम्बाइको घाट […]

न्यूजमधेश डेस्क महोत्तरी ,७ श्रावण । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन तोकिएको तालिकामा हुने बताउनुभएको छ । महोत्तरीको जलेश्वरमा आज महेश्वरप्रसाद सिंह स्मृति भवनको उद्घाटन र प्रजातान्त्रिक योद्धा स्वर्गिय महोश्वरप्रसाद सिंहको सालिक अनावरण गर्दै निधिले शासन सञ्चालनमा कांग्रेसका लागि लोकतन्त्रको कुनै विकल्प नहुने बताउनुभएको हो । नेपाली कांग्रेस महोत्तरीले आफ्नै कार्यालय प्रयोजनका लागि […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका […]