०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

उपसभापति निधि र चौथाइवालेबीच भेटवार्ता

न्यूजमधेश डेस्क काठमाडौं ,१० भाद्र । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए । बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । एमाले फुटाएर एमाले समाजवादी पार्टी गठन गरेको भोलिपल्टै माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। नेता नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डसँग सयुक्त भेटवार्ता गरेका हुन। उनीहरूबीच आधा घण्टा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ। देउवा, दाहाल र नेपालबीच बिहीबार विहान […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले नयाँ दर्ता गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न लागेको हो । ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) राख्ने भएको छ । साथै, पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनका लागि अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल एमाले फुटाउने तयारीमा लागेका हुन् । नेपालले बनाउन लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको श्रोतले जनाएको छ। चुनाव चिन्हको विषयमा भने अझै छलफल भइरहेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। अध्यादेश प्रमाणीकरण भएको जानकारी राष्ट्रपति कार्यलयबाट जारी विज्ञप्तिमा बताईएको छ। दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० […]

न्यूजमधेश डेस्क राजविराज ,२६ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिकामा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको छ । मंगलबार जनमत पार्टी बोदेबर्साइन नगरपालिका ७ का वडा अध्यक्ष गोसाई साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी नगर अध्यक्ष खुश्बु यादव रहेकी छिन् । सो कार्यक्रममा वडा स्तरीय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ श्रावण । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन […]