न्यूजमधेश सम्बादाता जलेश्वर, ७ कार्तिक । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको हो । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा […]
न्यूजमधेश सम्बादाता बारा ,६ कार्तिक । जिल्लामा यस वर्ष ५५ हजार मेट्रिकटन भदैयाधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार यस वर्ष कृषकले हर्दिनाथ–१ , चैते–४, राधाजातको भदैया धान गरी कूल ११ हजार ९३१ हेक्टर जमिनमा खेती गरेकामा समयसमयमा पानी परेकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । भदैया धान प्रतिहेक्टर चार […]
न्यूजमधेश डेस्क राजविराज, ६ कार्तिक । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा श्रवण देव चयन भएको छ । युनियनको २०७५ असोज २० गते सम्पन्न छैठो अधिवेशनबाट नेतृत्व चयन भएको थियो । चार वर्षे कार्यकालको पहिलो दुई वर्ष अध्यक्षमा रामनारायण विश्वास आरएन र पछिल्लो दुई वर्षमा देवले नेतृत्व गर्ने गरी भएको सहमतिअनुसार उनले आज पदभार ग्रहण गरेका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक । भारतीय पक्षले एकपक्षीय रुपमा आज प्रदेश २ का वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताउनुभएको छ । मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताउनुभयो । मन्त्री साहले रासससँग कुरा गर्दै अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पिसिआर […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ कार्तिक । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं […]
न्यूजमधेश डेस्क सर्लाही ,२ कार्तिक । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् । सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिएको तथा भाडामा ५० […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१ कार्तिक : प्रदेश नंं २ का मख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउनुभएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निकै सराहनीय […]