२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

प्रमुख समाचार

एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

न्यूजमधेश सम्बादाता जलेश्वर ,१७ बैशाख । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताउनुभयो । उहाँका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय […]

मनोज बनैता सिरहा, १७ बैशाख । सिरहामा राहतको ब्यानर झुन्ड्याई मदिरा ओसारपसार हुनेगरेको खबर प्राप्त भएको छ । सिरहाका औरही गाउपालिका नामको ब्यानर राखी करिब २ हप्ता देखि मदिराले भरिएको ट्रक सिमावर्ती ईलाकामा देखिदै आएको एक स्रोतले जनाएको छ ।ना.४.ख ८५०१ नम्बरको ट्रक भारी मात्रामा मदिरा बोक्दै लकडाउनको मौका छोपी ओसारपसार गर्ने गरेको छ । […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१७ बैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उहाँले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम हुने गरी तयार गर्न लागिएको सिट व्यवस्थापन अवलोकन गरी जानकारी लिनुभएको […]

मनोज बनैता सिरहा, १७ बैशाख । महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनका कारण धनुषाकी एक महिला भिख मागेर छोराछोरी पालिरहेकी खबर पाएलगतै सामाजिक अभियन्ता सरोज कुमार मण्डलले राहत लिएर  उनको घर पुगेका छन । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने बर्ष ५५ की कुमारी देवी साह लकडाउनका कारण […]

न्यूजमधेश सम्बादाता पोखरिया ,१७ बैशाख । पर्साको पोखरिया जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब संकलन बुथ मंगलबार स्थापना गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा का प्रमुख जकी अहमद अंसारीको सहयोगमा निर्माण गरिएको स्वाब संकलन बुथ केन्द्र एक कार्यक्रमका बिच पोखरिया जिल्ला अस्पताललाई हस्तान्तण गरिएको नगर प्रमुख दिपनारायण रौनियारले जनाए । स्वाब संकलन […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ बैशाख । जनकपुरधाम उपमहानगरपालिका १६ मा वितरण गरिएको चामलको नमूना जाँचको लागि पठाइएको छ ।वडा नं. १६ का विपन्न परिवारलाई सोमबार वितरण गरिएको चामल कुहिएको र ढुसी लागेको संचारमाध्यमहरुमा समाचार आएपछि मंगलबार जाँचको लागि पठाइएको हो । जनकपुरधाम उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी राहत लागि आएको समाग्रीको म्याद र गुणस्तरीय चेकजाँच पश्चात् […]

कमल कुमार मण्डल राजविराज, १७ वैशाख । एसईई परिक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागी एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम वैशाख १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्धारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ । […]

मनोज बनैता, सप्तरी,१६ बैशाख । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिकाले यहि एक हप्ता भित्र राहत  बितरण कार्य शुरु गर्ने भएको छ । राहत बितरणको लागी नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार प्रक्रिया पुरा गरिसकेकोले छिट्टै नै राहत बितरण हुने गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राम सुन्दर थापाले जनाएको छ ।  कार्यपालिकाले गरेको बैठकको निर्णय अनुसार राहत सामग्री […]