०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

पोखरिया अस्पतालमा स्वाब संकलन बुथ स्थापना

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

न्यूजमधेश सम्बादाता
पोखरिया ,१७ बैशाख । पर्साको पोखरिया जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब संकलन बुथ मंगलबार स्थापना गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा का प्रमुख जकी अहमद अंसारीको सहयोगमा निर्माण गरिएको स्वाब संकलन बुथ केन्द्र एक कार्यक्रमका बिच पोखरिया जिल्ला अस्पताललाई हस्तान्तण गरिएको नगर प्रमुख दिपनारायण रौनियारले जनाए ।

स्वाब संकलन बुथ केन्द्र पोखरिया जिल्ला अस्पतालका मेसु डा. अनिल यादवलाई हस्तान्तरण गरिएको हो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख जकी अहम्द अंसारीले जिल्लाको मुटुमा रहेको पोखरिया जिल्ला अस्पतालमा कोरोना परिक्षणको लागि स्वाब संकलन बुथ केन्द्रको आवश्यक्ता औंल्याउँदै अस्पताललाई बितरण गरिएको बताए ।

प्रमुख अंसारीले आउने दिनमा पोखरिया अस्पताललाई आफ्नो तर्पm बाट सकदो सहयोग गर्ने बताए ।

उनले बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बचाउन सरकारले गरेको लकडाउनको पालना गरि जनसमुदायमा घरमै बसिदिनको लागि आग्रह समेत गरे । घरबाट बाहिर नजान, साबुन पानीले हाथ धुन, मास्क लगाउन र तीन फिटको दुरी बनाएर बस्नुको साथै सरसफाइमा विशेष ध्यान दिन सबैमा आग्रह समेत गरे ।

स्वाब संकलन बुथ केन्द्र बितरण कार्यक्रममा नगर प्रमुख दिपनारायण रौनियार, उप प्रमुख सलमा खातुन, जनता समाजबादी पार्टी नेपालका नेता निजामुदिन समानी, पोखरिया अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष लक्षुमन साह कानु लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]