२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

समाज

किसान आन्दोलनका माग पूरा गर्न मधेशी आयोगद्वारा सरकारको ध्यानाकर्षण

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ । तराई मधेसमा जारी किसान आन्दोलनको माग पूरा गर्न मधेशी आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगकी निमित्त सचिव सविता डंगोलले आज विज्ञप्ती जारी गर्दै किसानहरुको आन्दोलनलाई यथाशिघ्र व्यवस्थापन गर्न तीनै तहका सरकारसँग अपिल गरेकी हुन् । बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा सोमबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवाललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु […]

जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् । जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो । रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु […]

जनकपुरधाम, ९ माघ । डा. सि. के राउत नेतृत्वको जनमत पार्टीले आज (आइतवार) नाङ्लो जुलुस प्रदर्शन गर्ने भएको छ । किसानहरुको मागलाई नेपाल सरकारले हालसम्म बेवास्ता गर्नुका साथै आन्दोलनमाथि दमन गर्न खोजेकाले आन्दोलनलाई निरन्तरता दिएकाे हाे । पार्टीले किसानहरुको विभिन्न माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । पार्टीले आह्वान गरे अनुसार स्थानियतहमा हिजो (शनिवार) […]

राजविराज, ३० पुस । सप्तरीको राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै शुक्रवार प्रदर्शन गरेका छन् । पार्टीले आह्वान गरे अनुसार विभिन्न गाउँका टोल टोलबाट किसानहरुले हलो, कोदालो, पराल, मलका खाली बोरालगायतका कृषि औजारहरुसहित प्रदर्शन गरेको हो । राजविराज स्थित राजरंगशालाबाट निकालिएको र्‍याली बजारको विभिन्न भागमा नाराहरुसहित परिक्रमा गर्दै गजेन्द्र चौकमा कोणसभामा परिणत गरिएको थियो […]

न्यूजमधेश डेस्क सुनसरी ,२९ पुष ।प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ। प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा(३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका(७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेका छन्। मियाँ ज२प ५१९४ नम्बरको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ पुस। कोरोना महामारीको बहानामा किसान आन्दोलन नरोकिने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताएको छ। उपाध्यक्ष खानले भोलि किसान महारैलीको सम्पुर्ण तयारी सम्पन्न भएको उनले बताए।धनुषाको सदरमुकाम जनकपुरसहित प्रत्येक जिल्लाको सदरमुकाममा किसान महारैलीमा किसानहरुको ठूलो उपस्थिति रहने नेता खानले भने। उनले सरकारले उच्च स्तरिय वार्ता टोली बनाएर किसानहरुसंग वार्ता नगरेसम्म किसान आन्दोलन […]

न्यूजमधेश डेस्क नेपालगन्ज, २६ पुष ।नेपाल सरकारका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटिएका छन। मन्त्री यादवले सोमबार एक फ्याक्ट्रीको उद्घाटन गर्न बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् । गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए । किसान […]