०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

स्वास्थ्य

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

न्यूजमधेश डेस्क काठमाडौं,१५ जेष्ठ । विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। मन्त्री ज्ञवालीले नेपालमा खोप निर्यात गर्ने देशहरूले १० […]

न्यूजमधेश डेस्क माले, १४ जेष्ठ । कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ । यसअघि सन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,१२ जेष्ठ । नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो […]

न्यूजमधेश डेस्क जलेश्वर ,१२ जेष्ठ । सरकारले अत्यावश्यक सेवा बढाउन जलेश्वर अस्पताललाई तत्काल रु ७५ लाख उपलब्ध गराउने घोषणा गरेपछि महोत्तरीका सर्वसाधारणमा गुणस्तरीय सेवा पाउने आश बढेको छ । जिल्ला अस्पताल भनिदै आइएको सदरमुकाम अवस्थित जलेश्वर अस्पताललाई रु ७५ लाख तत्काल उपलब्ध गराउने नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति दिएलगत्तै सर्वसाधारण जनतामा अब गुणस्तरीय सेवा थपिने […]

न्यूजमधेश डेस्क सप्तरी ,१२ जेष्ठ । आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल प्रदेश २ ले सप्तरीका सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देवलाई आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव र मिडिया काउन्सिलका अध्यक्ष शिबहरी भट्टराइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरका हुन्  । हस्तान्तरित स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क ५० […]

दुर्गा देवकोटा कैलाली ,११ जेष्ठ । कैलालीको जानकी गाउँपालिकाले कोरोना महामारीको समयमा गर्भवती तथा सुत्केरीलाई मोबाइलबाट परामर्श दिन थालेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सेवा लिन जान डराएका गर्भवतीको अवस्था बुझ्ने र उनीहरुको हौसला बढाउन मोबाइल सेवा दिइरहेको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् गर्भवतीलाई टेलिफोनबाट परामर्श दिने, उनीहरुको मनोबल बढाउने काम थालेको हो । […]

न्यूजमधेश डेस्क चितवन ,११ जेष्ठ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । अस्पतालमको अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ जेष्ठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत […]