०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

अर्थ

भोलिबाट पेट्रोल पम्प बन्द, अब के हुन्छ ?

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध पाँच विद्यार्थी संगठनले भोलि (असार ३० गते) देखि देशभरका पेट्रोल पम्प तथा ढुवानीका ट्यांकरहरू बन्द गर्ने घोषणा गरेका छन्। यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए। त्यसो नभएपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले आन्दोलनकै कार्यक्रम अन्तर्गत पेट्रोल […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असार । नेपाली बजारमा आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार (हिजो) प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असार । चालु आर्थिक वर्षमा पनि सरकारले पुँजीगत खर्च ६० प्रतिशत भन्दा बढी गर्न नसक्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ७१ प्रतिशत पुँजीगत खर्च हुने अनुमान गर्नुभएको थियो । तर, गत शुक्रबारसम्ममा मात्र ५४.५७ प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालू आर्थिक […]

न्यूजमधेश डेस्क महोत्तरी ,२८ असार । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक÷एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोपालबहादुर […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ असार ।प्रदेश २ को मुख्य आयआर्जनको माध्यम रहेको धानखेतीका लागि आवश्यक रासायनिक मल धनुषामा अभाव रहेको छ । रोपाइँअघि र रोपाइँपछि धानबालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटासजस्ता रासायनिक मल पाउन नसकिएको किसानहरूको भनाइ छ । धनुषा र महोत्तरीका किसानलाई रासायनिक मल उपलब्ध गराउने जनकपुरस्थित कृषि सामग्री कम्पनीले पनि कृषकको आवश्यकताअनुसार मलखाद्य […]

अजयकुमार साह जनकपुरधाम ,२५ असार । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ असार। नेपाल आयाल निगमले पेट्रोल पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ […]