०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

अर्थ

महामारीका वेला मल अभाव : जोखिम मोलेर भिडमा घन्टौँ लाइन लागे पनि रित्तो हात फर्के किसान

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण निषेधाज्ञाका कारण अधिकांश जिल्लामा मानिसहरू घरभित्रै बस्न बाध्य भए पनि चितवनका किसानहरू ठेलमठेल मल पाउने आसमा लाइन बसिरहेका छन् । भरतपुर महानगरपालिका पृथ्वीनगरकी सीता न्यौपाने बुधबार ९ बजे ब्रह्मज्योति कृषि सहकारी संस्थामा भेटिइन् । धान बेचेर परिवारको गुजारा चलाउँदै आएकी उनलाई कोरोनाभन्दा पनि मलको चिन्ता […]

न्यूजमधेश डेस्क जलेश्वर ,१२ जेष्ठ । सरकारले अत्यावश्यक सेवा बढाउन जलेश्वर अस्पताललाई तत्काल रु ७५ लाख उपलब्ध गराउने घोषणा गरेपछि महोत्तरीका सर्वसाधारणमा गुणस्तरीय सेवा पाउने आश बढेको छ । जिल्ला अस्पताल भनिदै आइएको सदरमुकाम अवस्थित जलेश्वर अस्पताललाई रु ७५ लाख तत्काल उपलब्ध गराउने नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति दिएलगत्तै सर्वसाधारण जनतामा अब गुणस्तरीय सेवा थपिने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ जेष्ठ ।धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ८ स्थित मुराबारीमा क्यान्सरबाट मृत्यु भएका परिवारलाई युवा जनमत संघले आर्थिक सहयोग गरेको छ । डा सीके राउत नेतृत्वका जनमत पार्टीका जनवर्गीय संगठन युवा जनमत संघमा कतार ,दुबई र मलेसियामा आवद्ध रहेका युवाहरुले नेपाली २८३१० रुपैया क्यान्सरबाट मृत्यु भएका राजकिशोर महरा परिवारलाई सहयोग गर्नको लागि पठाएको […]

नानीमैया कटवाल सप्तरी ,११ जेष्ठ । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ । […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ ।यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० जेष्ठ । सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ । अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो । यसरी […]

नानीमैया कटवाल सप्तरी ,१० जेष्ठ । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । वैदेशिक रोजकारको क्रममा साउदी अरेबियामा मृत्यु भएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरको छ । करिब ६ महिना अगाडि कामकै सिलसिलामा ज्यान गुमाएका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ११ का गगनदेव राय यादवको परिवारलाई जनमत पार्टीका महासचिव चन्दन सिंहको पहलमा गैर आवासीय मधेशी संघको सहयोगमा गगन देवको […]