०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

अर्थ

अलपत्र संसद, बजेट अन्यौल : कानून विपरीत बजेट ल्याउने सरकारको तयारी

कमलेश ठाकुर जनकपुरधाम ,८ जेष्ठ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । कानुनी व्यवस्थाअनुसार प्रदेशसभा सचिवालय (संसद्)बाट बजेट घोषणा हुन २४ दिन मात्र बाँकी छ । तर, सरकारले संसद बैठक नबोलाउँदा प्रक्रिया अगाडी बढ्न सकेको छैन्। बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्ने हुन्छ । तर, प्रदेश […]

न्यूजमधेश डेस्क परासी ,६ जेष्ठ । बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य हुनुभयो । दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उहाँ बताउनुहुन्छ । […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ । प्रभु हस्पिटल नाम मात्रैको […]

न्यूजमधेश डेस्क वीरगञ्ज , ४ जेष्ठ । प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो ४ महिनाको तलबबाट वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री दिने घोषणा गरेकी छन् । प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य यादवले आफ्नो ४ महिनाको तलब २ लाख रुपैयाँ बराबरको सेमी भेन्टिीलेटर (सीप्याप मेसिन) १ थान, अक्सिजन नेसल पाइप, अक्सिजन रेगुलेटर र […]

मनोज मोरबैता जनकपुरधाम ,३ जेष्ठ ।प्रदेश २ को धनुषा निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेशसभामा निर्वाचित प्रदेश सांसद रामआशिष यादवको कालाकर्तुत बाहिर आएको छ । प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत औरही गाउँपालिका १ स्थित पौडेश्वरको जमुनी नदी किनारमा निर्माणाधीन गोविन्द मन्दिर निर्माण स्थलमा राखेको सूचना बोर्डमा सम्झौता रकम नलेखेपछि उनीमाथि भ्रष्टाचारको गन्ध आउन थालेको हो […]

कमलेश ठाकुर जनकपुरधाम ,२ जेष्ठ । धनुषाका व्यावसायिक किसानहरूको खेतमा पाकेको खरबुजाले बजार नपाउँदा उनीहरू चिन्तित बनेका छन् । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण किसानको खरबुजाले बजार पाउन सकेको छैन । उनीहरूले बारीबाट खरबुजा घर त भित्र्याएका छन् तर, विक्री गर्न नपाएपछि चिन्तित बनेका हुन् । उत्पादित फल बेच्न नपाएपछि […]

न्यूजमधेश डेस्क सर्लाही ,१ जेष्ठ  । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब रु चार अर्बको ठेक्का सम्झौता भएको हो । प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ बैशाख । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र बनेको छ । खासगरी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सक्रिय उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्नै पार्टीभित्र सांसद खरीद विक्रीको खेल खेलेका हुन् । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकार गठन प्रक्रियामा संलग्न नहुने घोषणा […]