१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

अर्थ

योजना बिपरित काम थालेपछि स्थानीयले रोके सडक निर्माण

सिबेन्द्र रोहिता जनकपुरधाम ,२३ जेठ। धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् । वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ जेठ । कोरोना महामारी नियन्त्रण तथा रोकथामकाे लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम […]

न्यूजमधेश सम्बादाता विराटनगर ,२१ जेठ ।प्रदेश नं १ को प्रदेश सरकारले यही जेठ २३ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले आर्थिक वर्ष २०७७÷७८ लागि नीति तथा कार्यक्रम २३ गते अपराह्न ३ बजे बस्ने बैठकमा पेश गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता […]

न्यूजमधेश डेस्क राजविराज ,१९ जेठ। कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन लगाइएको दुई महिना भन्दा बढी बितिसकेको छ । यो समयमा खान नपाएकाहरु तड्पिएका छन् । तर, त्यहीं तड्पिएका व्यक्तिसँग हुनेखाने जनप्रतिनिधीले रकम असुली गरेका छन् । प्रदेश २ का सप्तरी जिल्लाको कंचनरुप नगरपालिकाका दलित विपन्नसँग राहत बितरण गर्ने नाममा हुनेखानेले २५ रुपैयाँका दरले असुली […]

न्यूजमधेश सम्बादाता विराटनगर ,१६ जेठ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा ‘विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतासहितको पूर्वबजेट छलफल’ समाप्त भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार सदनमा पेश गर्नुभएको थियो । सात सिद्धान्त र ४६ प्राथमिकतालाई […]

न्यूजमधेश सम्बादाता सर्लाही ,१६ जेठ । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन । केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको […]

सोलिन्द्र चौधरी काठमाण्डू ,१५ जेठ । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गर्नुभएको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू आवका लागि गत जेठ १५ गते प्रस्तुत गरिएको […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्षदेखि ‘नेशनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याई नेपालभित्रका सबै प्रकारका भुक्तानी फरफारक हुने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको बजेट वक्तव्यमा विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गरिने उल्लेख छ । मन्त्री खतिवडाले विद्युत्, […]