जनकपुरधाम ,२९ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल दुरसंचार प्राधिकरणको सेवा प्रभावकारी बनाउन नेपाल दुरसंचार प्राधिकरणका प्रतिनिधिहरुसँग छलफल गरेको छ । उनले नेपाल दरसंचार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरुसँग सो विषयमा मंगलबार छलफल गरेको हो । मुख्यमन्त्री सिंहले विशेष गरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेको नेटवर्कको समस्यालाई निराकरण गर्न प्राधिकरणलाई आग्रह […]
काठमाडौँ, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही […]
झापा, २९ साउन । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत […]
सिरहा: सिरहाको औरही गाउँपालिकामा युवा जनमत संघले रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। औरही गाउँपालिका वडा न.५ स्थित हनुमान चौकमा आयोजित रक्तदान कार्यक्रममा २ महिला र २५ पुरुष गरी जम्मा २७ जनाले रक्तदान गरेको छ। रगतको आवश्यकता सबैलाई पर्छ। तर रगत दान गर्न मान्छे अहिलेपनि हिचकिचाइरहेको अवस्था छ। रक्तदान सम्बन्धी जनचेतना अभावका कारण […]
काठमाडौँ, २७ साउन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]
काठमाडौँ, २७ साउन । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । […]
काठमाडौँ, २६ साउन । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]
सिरहा : सिरहाको औरही गाउँपालिकामा आर्थिक चलखेल गर्न एक कर्मचारी लाई महोत्तरी बाट काज सरुवा गरि औरही ल्याइएको छ। महोत्तरीको पिपरा गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर राम पुजन यादवलाई गाउँपालिका अध्यक्ष शिवजी यादव , प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा र लेखा प्रमुखको मिलोमतोमा चलखेल गर्न काज सरुवा गरि सिरहाको औरही गाउँपालिकामा ल्याइएको छ। काज सरुवामा औरही […]