जनकपुरधाम ,३० साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सडक मानव तथा अभिभावकविहीन अनाथ बालबालिकाका लागि महोत्तरीको बर्दिबास–२ बुद्धचोकमा ‘हाम्रो मायाघर’ भवनको शिलान्यास गर्नुभएको छ। ‘हाम्रो मायाघर’ संस्थाको अग्रसरतामा बन्ने आश्रयस्थलको आज मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गर्नुभएसँगै निर्माण कार्य सुरु भएको हो । निर्माण थालिएको आश्रयस्थललाई ‘हाम्रो मायाघर’ नाउँ दिइएको छ । आश्रयस्थल […]
वीरगन्ज,३० साउन । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको बताएका छन् । जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो षडयन्त्रविरुद्ध सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन् । अध्यक्ष डा.राउतले नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय व्यवस्था ल्याउन लागेको […]
महोत्तरी, ३० साउन । बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट रु दुई करोड सङ्कलन भएको छ । शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद रु दुई करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न रु एक करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज […]
काठमाडौँ, ३० साउन । भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पु¥याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो […]
वीरगञ्ज, ३० साउन । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखानाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको २२ महिनाको अवधिमा डेढ दर्जन साना–ठूला कृषि औजारको अनुसन्धान तथा विकास गरेको जनाएको छ । केन्द्रले पराल काट्ने मेसिन, धान काट्ने मेसिन (रिपर) , दाना बनाउने मेसिन, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने […]
काठमाडौँ, ३० साउन । हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ । विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो । अस्पतालको वार्षिकोत्सवका अवसरमा अस्पतालमा उपचारारत बिरामीलाई […]
वीरगञ्ज ,३० साउन । जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका रु आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा रु […]
सर्लाही ,२९ साउन। जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए। जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान […]