कमलेश ठाकुर जनकपुरधाम ,२५ बैशाख । विभा ठाकुर र अनिता साह आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उमेदवार बनेका छन् । महिला नेतृत्वको आवश्यकता औँल्याउँदै जनकपुरमा पहिलोपटक प्रमुख पदमा यी दुईसहित चार महिलाले उमेदवारी दिएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट ठाकुर र जनमत पार्टीबाट साह मेयर पदमा चुनाव लड्ने जिम्मेवारी पाएपछि अहिले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ बैशाख । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यु भएको छ। फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत उनको शनिबार बेलुकी मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्। शेख नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए। शेखको आइतबार बिहान इस्लाम परम्पराअनुसार अन्तिम संस्कार गरिने जनाइएको छ।
न्यूजमधेश डेस्क काठमाडौ,२६ बैशाख। बाटो माथिबाट पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको थियो। शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार बिहान ४:१५ बजे पन्छाइसकिएको थियो। […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २४ वैशाख। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिए । उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी […]
न्यूजमधेश डेस्क ज्नकपुरधाम,२४ बैशाख । चुनाव नजिकिएपछि उम्मेदबार बन्न चाहनेहरु जनता माझ दौडधूप गर्न थाल्छन् । कोहि सडक बनाइदिने, त कोहि जागिर लगाइदिने, त कोहि बिभिन्न किसिमको विश्वास जनतालाई दिलाउन थाल्छन् । तर, सधैं जनताको बीचमा रहिरने पात्र पनि केहि छन् । जनप्रतिनिधी नहुँदा पनि सधैं जनताकै बीचमा रहने दीपेन्द्र यादव यस पटक जनप्रतिनिधी बन्ने […]
न्यूजमधेश डेस्क विराटनगर ,२३ बैशाख। सत्तारुढ गठबन्धनले तय गरेका उम्मेदबारहरु संकटको अवस्थामा पुगेका छन् । नेताहरुले आफ्नै रगतका साइनोलाई उम्मेदबार बनाएपछि मतदाताले उनीहरुलाई मत नदिने मनसायमा पुगेका छन् । पछिल्लो पटक गठबन्धनले बनाएका उम्मेदबारहरु नेताकै रगतको साइनोका छन् । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै छोरीलाई मेयरको र जनता समाजवादी […]
न्यूजमधेश डेस्क वीरगंज,२३ बैशाख ।भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए । सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको […]
न्यूजमधेश डेस्क सर्लाही,२३ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। मुलुककै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा […]