११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

आजै राति संसद अधिवेशन अन्त्य गर्ने सम्भावना, दुवै सदनकाे बैठक बस्दै

न्यूजमधेश डेस्क काठमाडौं ,११ असोज। सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश फिर्ता नलिंदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो । त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा अधिवेशन अन्त्य गर्ने […]

राजविराज, १० असोज । भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज काठमाडौंद्धारा सप्तरीका बाढी तथा आगलागीबाट पिडित भएका व्यक्तिहरुकालागि ११० वटा टेन्ट र २०० वटा म्याट गरि करीब ४३ लाख रकम बराबरको साम्रगी हस्तानान्तरण गरेका छन् । राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज (आइतवार) बाढी तथा आगलागिबाट पिडित परिवारहरुकालागि अस्थायी बसोबासकालागि राहत साम्रगी […]

न्यूजमधेश डेस्क सिरहा ,१० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप […]

राजविराज, ९ असाेज । जनमत पार्टीको केन्द्रिय सदस्य निर्मल कुमार मण्डलले जनमत पार्टीले मात्र राम राज (जनताराज) स्थापना गर्न सक्ने बताए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पार्टीको गाउँपालिका अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । “भोट दिएर जिताएकै नेताबाट हामीलाई समस्या खेप्नुपर्दै आएको” प्रमुख अतिथि मण्डलले भने– “समाजका विभिन्न समस्याबाट मुक्ति गराउन जनमत पार्टी आएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ असोज । प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ । गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी गरेको हो । सरकारले बस सञ्चालन गर्ने योजनाको व्यवसायीहरुले विरोध गरेकाले बस भाडामा दिन लागेको प्रदेश २ भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ […]

न्यूजमधेश डेस्क काठमाडौं,८ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । शनिबार (भोलि) ६४ जिलाको पालिका अधिवेशन पनि सम्पन्न गर्ने कार्यसूची छ । शनिबार अरू प्रदेशका अधिकांश जिल्लामा पालिका अधिवेशन सम्पन्न हुँदा प्रदेश नम्बर–२ मा अधिवेशनको प्रक्रिया सुरु हुने संकेतसमेत देखिएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ असोज । नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी […]

न्यूजमधेश डेस्क झापा ,८ असोज । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित […]