११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

प्रधानसेनापति–चिनियाँ राजदूत भेट

न्यूजमधेश डेस्क काठमाडौं ,६ असोज । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो । चिनियाँ राजदूतसँगको भेटबाट नेपाल–चीन सम्बन्धलाई अझ सुमधुर एव सुदृढ बनाउन मद्दत पुग्ने विश्वास जनसम्पर्क तथा […]

न्यूजमधेश डेस्क सप्तरी ,६ असोज । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले […]

न्यूजमधेश डेस्क सर्लाही,६ असोज । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो । उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान […]

न्यूजमधेश डेस्क सर्लाही, ५ असोज । सर्लाही प्रहरीले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेपनी २५ लाखको लोभमा जाली नोट र कारोबारीलाई छोडिएको घटना उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले २५ लाख रकम घुस लिए पश्चात् जाली नोट […]

न्यूजमधेश डेस्क काठमाडौं,५ असोज । शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउन राज्यले लगानी बढाउनुपर्नेमा यस क्षेत्रका सरोकारवालाले जोड दिएका छन् । पुनर्गठित शिक्षा पत्रकार समाज (सेज) को प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षाका नयाँ नीति र योजना तर्जुमा गर्दा लक्षित वर्गलाई अग्रभागमा राख्न पनि सुझाव दिइएको छ । कार्यक्रममा अभिभावक महासङ्घ, नेपालका अध्यक्ष […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै घिसिङलाई काम गर्ने बाटो खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि गत भदौं ८ गते मिसिल झिकाउने आदेश […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।डा सिके राउत नेतृत्वको जनमत पार्टीले संगठन संचालनका लागि आफनो आधारभुत सिद्धान्तहरु घोषणा गरेको छ । पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरिएका संगठन संचालनका १७ं आधारभूत सिद्धान्तहरूलाई कडा नियमका साथ पालना गर्नुपर्ने मान्यता लिइएको छ । पार्टीले जारी गरेको सिद्धान्तहरुमा जसरी पनि व्यापक विस्तार ३ महिना भित्र त्यस्को पूरा कव़रेज दिनुपर्ने रहेको छ […]

न्यूजमधेश डेस्क सप्तरी,५ असोज । शौचालय आफैं जान सक्दैनन् उनी । तिर्खा लागेमा एक गिलास पानी लिन पनि अर्कैको सहारा चाहिन्छ । एक ठाउँबाट अर्को ठाउँमा त के एक घरबाट अर्को घर जान पनि समस्या हुन्छ उनलाई । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपाका बौन दासलाई सानैदेखि यो कष्ट भोग्नुपरिरहेको छ । उनलाई कसैले एक्कासी हेर्दा बच्चा […]