११ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

समाचार

सिडियो कार्यलयमा कर्मचारीकै कमजोरीले भौतारिदै सेवाग्राही

धर्मेन्द्र कुमार साह रौतहट, २५ भाद्र। रौतहटको राजदेवी नगरपालिका ४ निवासी भिखारी साह ३ दिनदेखि जिल्ला प्रशासन कार्यालय गौरमा बुहारीको नागरिकता बनाउन भौतारिरहेका छन् । तर कागजी त्रुटिकै कारण उनको नागरिकता बन्न सकिरहेको छैन । उनको बुहारी गीता कुमारीको जन्मदर्ता प्रमाण पत्रमा बुवाको नागरिकता नम्बर फरक लेखिएकोले नागरिकता बन्न सकिरहेको छैन । उनको बुवा सत्यनारायण […]

न्यूजमधेश डेस्क बुटवल ,२५ भाद्र। रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना […]

न्यूजमधेश डेस्क कंचनपुर ,२४ भाद्र । महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २४ भाद्र । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्ष कन्ट्रायक्टका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले करार नियुक्तिको माग गर्दै आन्दोलित भएका हुन् । करिब महिना दिनदेखि शान्तिपूर्ण तरिकाले विभिन्न चरणको आन्दोलन गर्दै आएका उनीहरुको माग पुरा नभएपछि बुधवार विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । तर उपकुलपति प्रा. भरत झाले […]

न्यूजमधेश डेस्क काठमाडौं,२५ भाद्र । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द रहेको छ । मूल मन्दिर बन्द रहेपनि पशुपति क्षेत्रमा केही भक्तजन भने जम्मा भएका थिए । अन्य मन्दिर भने प्रायः खुलेको थियो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ भाद्र ।प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष बिपि साहले जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गरेका छ्न। तीज र चौरचनको अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आयोजित प्रतियोजिताको उद्घाटन एक समारोहका बिच प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले रिवन काटेर गर्नुभएको हो । राजदेवी युवा क्लव गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर सेवा समाज धनुषा […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ भाद्र । नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली […]