१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

समाचार

नेपालगञ्ज जलमग्न

न्यूजमधेश डेस्क नेपालगंज ,११ भाद्र । गए रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका […]

न्यूजमधेश डेस्क रुपन्देही ,११ भाद्र । ​लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ भाद्र। केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ । भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए । ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ ।’ त्रिपाठी समूहले […]

न्यूजमधेश डेस्क काठमाडौं,११ भाद्र । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ । सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ । सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ भाद्र। नेपालमा रेल सञ्चालन गर्ने राजनीतिक दलका प्रमुख नेताहरुको प्रायः भाषणबाजी हुँदै आएको छ । मुख्य दलहरुले आफ्ना चुनावी घोषणामा समेत रेल सञ्चालन गर्ने बुँदा ‘बोल्ड’ अक्षरमा लेख्दै आएका छन् । अनि जनतालाई रेल चलाउँछौं, पानी जहाज चलाउँछौं भन्दै आश्वासन बाँड्न माहिर नेताहरुले कानून बनाउने बाटो नै छेक्ने गरेका छन् । […]

न्यूजमधेश डेस्क झापा ,१० भाद्र । डा सीके राउत नेतृत्व जनमत पार्टीले झापामा १७ सदस्यीय महिला जनमत संघ गठन गरिएको छ । बिहिबार जनमत पार्टी झापाका अध्यक्ष भोटलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा महिला जनमत संघ केन्द्रीय संयोजक शुशिला यादव रहेकी थिइन् । १७ सदस्यीय महिला जनमत संघ झापा गठन भएको छ । सो […]

शम्भु यादव सिरहा ,१० भाद्र । यातायात मजदुरहरुले सिरहाको लहानमा शुक्रबार ट्राफिक प्रहरी र नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन्। आफुहरुको काउण्टरभित्रबाट सरसमान जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको गुनासो छ। बिहिबार ट्राफिक प्रहरी र लहान नगरपालिकाको नगर प्रहरीले बस बुकिङ्ग काउण्टरबाट सरसमान र कागजात लगेर इलाका प्रहरी कार्यालय लहानमा बुझाएको थियो। त्यो सरसमान अहिलेसम्म फिर्ता […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० भाद्र । सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययरत विद्यार्थीका लागि खोप उपलब्ध गराइएको जानकारी दिनुभयो । “अठार वर्ष वा […]