१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

समाचार

माछा पोखरीम बाढी पसेपछि एक लाख बढिको क्षती

न्यूजमधेश डेस्क चितवन ,१२ भाद्र। बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ । देवचुली नगरपालिका वडा नम्बर चारमा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो । कमन, सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ भदौ। लगातार चार दिनददेखी मुसलधारे बर्षाका कारण तराइका अधिकांश जिल्ला डुबानमा परेका छन।ठुलठुला नदि,जलाशय भत्किदा गाउँ सहर समेत सबै जलमग्न बनेका छन।बर्षाको पानीले मानविय बसोबासमा समेत अधिक क्षति पुर्याएका छन। बर्षा,बाढिका समय खासगरी माछा मार्ने समुदाय यी मौसमहरुमा अति नै सक्रीय भएका देखिन्छ्न।यिनिहरु माछा मारेर बर्षा पानीका समय आर्थिक आम्दानी नरहेका […]

न्यूजमधेश डेस्क बाँके ,१२ भाद्र। बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । यादव नेकपा (एमाले) लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका थिए । अध्यक्ष यादव निष्ठावान, इमान्दार र नैतिकवान नेताका रुपमा परिचित थिए । मधेशी समुदायमा उनलाई ‘प्रधानजी’ भनेर सम्बोधन गरेर आदर गर्थे […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गर्नुभएको छ । समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्स, सङ्घीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताउनुभयो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ भाद्र । जनमत पार्टी धनुषाका कोषाध्यक्ष एवम् युवा नेता किलेश मण्डलले रक्तदान गरि एक जना मृगौला पीडितकाे ज्यान बचाएका छ्न। धनुषाको कमला नगरपालिका -४ सघाराको जिबछ प्रसाद यादवलाई रगतको अत्यन्तै आवश्यकता रहेको बेलामा कोषाध्यक्ष मण्डलले वर्षाको समयमा घरबाट करिब १० किलोमीटर रहेको जनकपुर पुगेर रक्तदान गरी जीवन दान गरेका छन् । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ भाद्र । लगातार वर्षाको कारण औरही आसपासको क्षेत्र जलमग्न भएको छ । वर्षाको निरन्तरताकै कारणले जलाद नदीमा आएको बाढीले धनुषाको औरही गाउँपालिका अन्तर्गत देउरी ,परवाहा ,पौडेश्वर ,पुरन्दाहा,भराख लगाइतका ५ सय भन्दा बढी घरहरु डुबानमा परेको स्थानीय युवा अमन यादवले बताए । उनले भने , ढल निकासको उचित व्यवस्थापन नहुँदा औरही गाउँपालिकामा […]

न्यूजमधेश डेस्क चितवन ,११ भाद्र । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको थियो । करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो । पहिरो पन्छाइएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो खसेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ भाद्र । महोत्तरीमा रातु नदीको बाँध भत्किदा सयौँ घर डुबानमा परेको छ। दुई दिनदेखिको अविरल वर्षापछि आएको बाढीले बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ। बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको छ । बाढी बस्तीमा पुग्दा झण्डै […]