१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

समाचार

जसपा पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्णः राजेन्द्र महतो

न्यूजमधेश डेस्क काठमाडौं, ११ श्रावण । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्राविधिक कारण देखाएर यादव पक्षले पार्टी फुटाउन लागेको बताएका छन्। एकता गरेको एक वर्षमै पार्टीमा फुटको अवस्थामा आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए। निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्टमा यादव पक्षको बहुमत देखिएपछि बाहिरिने क्रममा महतोलेआफूहरु अल्पमतमा परे पनि केही फरक नपर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ श्रावण । राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारले ल्याएको मदरसा शिक्षा विधेयक फिर्ताको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ । सोमबार राष्ट्रिय एकता अभियान राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा सो विधेयक फिर्ताको माग गर्दै प्रदर्शनसहित मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन् । पुत्ला जलाउने बेला प्रहरीसँग झडप भएको थियो । उक्त […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ श्रावण । आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ श्रावण । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन […]

न्यूजमधेश डेस्क काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सभापति एवम् नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि आफ्ना ४ पटक प्रधानमन्त्रीको नेतृत्वमा यी १८ वटा राष्ट्रलाई अतुलनिय क्षती पुग्ने घटनाहरु घटाउनुभएको छ । नेपालको इतिहासमा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएका सभापति देउवाले आफ्नो कार्यकालमा मुलुकलाई अतुलनिय क्षती पुर्याउनुभएको स्पष्ट रहेको छ । उहाँको नेतृत्वमा भएका राष्ट्रघाती कदमहरु […]

न्यूजमधेश डेस्क कंचनपुर ,११ श्रावण । कञ्चनपुर कारागारमा क्षमता भन्दा तिन गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, […]

न्यूजमधेश डेस्क महोत्तरी ,११ श्रावण । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गर्नुभएको हो । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ श्रावण । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्नुभएको छ । मतदान गर्न निर्वाचन आयोग पुग्नुभएका चौधरीले आफू तटस्थ बसेको जानकारी दिनुभयो । ‘जित्ने पनि जसपा र हार्ने पनि जसपा भएको अवस्थामा मैले कतै पनि हस्ताक्षर गर्न सकिन,’ उहाँले भन्नुभयो, ‘म तटस्थ बसेँ ।’ सञ्चारकर्मीमाझ कुरा गर्नुभएका उहाँले आफू […]