न्यूजमधेश डेस्क काठमाडौं ,११ साउन । हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा पुर्वमन्त्री उमाशंकर अरगरियाले सयौ लिटर दुध अर्पण गरिएको छ । दुध अर्पण गरेको विषयलाई अन्धविश्वाससँग जोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दुहरुको भावनामा चोट पुर्याउनेगरी टिप्पणी गरेका बेला हिन्दुवादी युवाहरुले साउनको पहिलो सोमवारको अवसर पारेर जेठ ११ गते पशुपतिको पूर्व ढोकास्थित बागमती नदीमा दुध अर्पण (चढाएको) […]
मिथिलेश यादव लहान,११ श्रावण । पहिलो मधेस आन्दोलन २०६३ ले अन्तरिम संविधानमा पहिलो पटक मधेसीको पहिचान संस्थागत गर्यो। कारण थियो–मधेस आन्दोलनका शक्तिहरूको ओज (संगठित प्रतिनिधित्व)। त्यसपछि जसरी मधेस आन्दोलनका शक्तिहरू विभाजित हुँदै गए मधेस मुद्दा कालो बादलभित्र घेरिँदै गयो। मधेसको राजनीतिमा दलहरूको गठन–विघटन, धुव्रीकरणको खेल नयाँ होइन । निकट अतीतको खोजतलास गर्ने हो भने, यस्तो फेहरिस्त […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० श्रावण । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण […]
सञ्जीतकुमार मण्डल जलेश्वर, १० श्रावण । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले […]
गोपाल प्रसाद बराल महोत्तरी, १० श्रावण । गत मध्य असारसँगै शुरु भएको साताव्यापी मुसलधारे वर्षाले घर ढालेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर समस्या नै समस्याको भुमरीले रनभुल्ल हुनुहुन्छ । “घर ढलेर आकाशमुनिको बास बन्यो, बनीबुतो गरेर घरमा राखेको अन्नपात डुबानमा पर्दा जहान बालबच्चाको मुखमा माड लाग्ने बाटो खोसियो”, कापर बिरक्तिँदै भन्नुहुन्छ, “बर्खाकालमै छौँ, झुप्रो […]
न्यूजमधेश डेस्क नवलपुर ,१० श्रावण । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावन ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका एक जना विपन्न परिवारलाई मधेश युवा संघले राहत दिएको हो । नगरपालिका- ९ हथरा टोलका गँगा साफीको परिवारमा आर्थिक अवस्था कमजोर भएपछी स्थानीयहरुको पहलमा मधेश युवा सँघले साफीलाई नगदसहित खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न । शनिबार एक कार्यक्रम विच मधेश युवा संघका अध्यक्ष गणेश साहको नेतृत्वमा साफी परिवारलाई […]
न्यूजमधेश डेस्क सिरहा,९ श्रवण । राष्ट्रिय एकता अभियानले सिरहामा शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । राष्ट्रिय एकता अभियान जिल्ला कार्यसमिति सिरहाले गोलबजार नगरपालिमा अभियानका अभियन्ता काशिन्दर यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै […]