न्यूजमधेश डेस्क सप्तरी ,१३ श्रावण । राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द रहेको कोरोना भाइरसको स्वाब परीक्षण फेरि सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । दुई दिनअघि मात्रै सप्तरीमा ४० […]
न्यूजमधेश डेस्क कञ्चनपुर ,१३ श्रावण । वनमाथिको निर्भरता कम गर्नका लागि कञ्चनपुरमा सात लाख २५ हजार बिरुवा वितरण गरिएका छन् । वितरण गरिएका बिरुवा सामुदायिक वन, निजी जग्गा, नदी तटीय लगायतका क्षेत्रमा वृक्षरोपण गरिएका छन् । वृक्षरोपणका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले दुई लाख ४० हजार, ब्रह्मदेव सब डिभिजन वन कार्यालयले एक लाख ८० हजार, […]
गोपालप्रसाद बराल महोत्तरी, १३ श्रावण । महोत्तरीसहितका मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने यो पर्व मनाउन अहिले माइत पुगेका छन् । साउन कृष्ण पञ्चमीका दिन शुरु भई साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यस पर्व मिथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको […]
न्यूजमधेश डेस्क राजविराज ,१३ श्रावण । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो । पटक–पटक ताकेता र पत्राचार गर्दा पनि […]
न्यूजमधेश डेस्क महोत्तरी ,१३ श्रावण । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको स¬ङ्ख्या ह्वात्तै बढेको हो । उहाँले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल […]
न्यूजमधेश डेस्क जनकपुरधाम , १२ श्रावण । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको दाबी गरेको छ । जनकपुरधामस्थित आफ्नो निवासमा संचारकर्मीहरु संग कुरा गर्ने क्रममा उनले स्वतन्त्र मधेशको मुद्दा भविष्यको गर्भमा रहेको भने ।‘जनमत पार्टी मधेशकै लागि काम गर्छ तर स्वतन्त्र मधेश जनमत पार्टीको माग होइन, किनभने जनमत […]
न्यूजमधेश डेस्क काठमाडौं,१२ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकको माग सम्बोधन गर्न संघीय शिक्षा ऐनको पुनरावलोकन गर्नु पर्ने बताउँदै कानुन मन्त्रालयमा पुगेको उक्त ऐन फिर्ता मागेका छन्। प्रधानमन्त्री देउवसँग विद्यालय तहका शिक्षकहरूले पटकपटक भेटेर संघीय शिक्षा ऐन फिर्ता गरी शिक्षकको माग सम्बनेधन गर्न आग्रह गरेपछि प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ऐन फिर्ता गरेको हो। आइतबार मात्रै […]
न्यूजमधेश डेस्क काठमाडौं ,१२ श्रावण । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास […]