न्यूजमधेश सम्बादाता सप्तरी ,८ कार्तिक । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका वडा नम्बर ३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ कार्तिक ।वडा दशैँको अष्टमीका दिन आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ ( पोल्टा ) भर्ने विधि सम्पन्न गरेका छन् । नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, दुबो , बेसारको गिँड , सिन्दूर, सुपारी, पान र भेटीसहितको […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ कार्तिक । नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा […]
न्यूजमधेश सम्बादाता सर्लाही,७ कार्तिक । उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ । किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । उद्योग […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ कार्तिक । प्रदेश नं. २ मा आज कोराना भाइरसबाट थप ११७ सङ्क्रमित देखिएका छन् । प्रदेशअन्तर्गतका विभिन्न जनस्वास्थ्य प्रयोगशाला गरी ३०९ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नयाँ सङक्रमित फेला पर्ने जिल्लामा धनुषामा १४ जना, पर्सामा १० जना, बारा र महोत्तरीमा सात÷सात […]
न्यूजमधेश सम्बादाता काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्धको लडाइँ राजनीति वा अन्य स्वार्थको टकरावसँग सम्बन्धित नभएकाले यसलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग नगर्न आग्रह गर्नुभएको छ । बडादशैँका अवसरमा आज देशवासीका नाममा दिनुभएको सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसजस्तो अदृश्य साझा शत्रुसँगको लडाइँको यस कठिन घडीमा सरकार नागरिकको जीवन रक्षा […]
न्यूजमधेश सम्बादाता जलेश्वर, ७ कार्तिक । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि प्रसिद्ध महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको हो । औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ कार्तिक ।मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गा पूजा गरिने परम्परा रहेका कारण सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको स्थापना गरिने चलन रहेको छ । मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको […]