न्यूजमधेश सम्बादाता बारा ,६ कार्तिक । जिल्लामा यस वर्ष ५५ हजार मेट्रिकटन भदैयाधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार यस वर्ष कृषकले हर्दिनाथ–१ , चैते–४, राधाजातको भदैया धान गरी कूल ११ हजार ९३१ हेक्टर जमिनमा खेती गरेकामा समयसमयमा पानी परेकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । भदैया धान प्रतिहेक्टर चार […]
न्यूजमधेश डेस्क राजविराज, ६ कार्तिक । नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा श्रवण देव चयन भएको छ । युनियनको २०७५ असोज २० गते सम्पन्न छैठो अधिवेशनबाट नेतृत्व चयन भएको थियो । चार वर्षे कार्यकालको पहिलो दुई वर्ष अध्यक्षमा रामनारायण विश्वास आरएन र पछिल्लो दुई वर्षमा देवले नेतृत्व गर्ने गरी भएको सहमतिअनुसार उनले आज पदभार ग्रहण गरेका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक । भारतीय पक्षले एकपक्षीय रुपमा आज प्रदेश २ का वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र ओरेकको अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ । उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ कार्तिक । बडा दशैँको छैठौ दिन आज कात्यायनी देवीकोे पूजा गरिँदैछ ।घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कात्यायनीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको छैटौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,५ कार्तिक । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताउनुभएको छ । मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताउनुभयो । मन्त्री साहले रासससँग कुरा गर्दै अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पिसिआर […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३ कार्तिक । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं […]
न्यूजमधेश डेस्क सप्तरी ,२ कार्तिक ।पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजयले जानकारी दिनुभयो । काठमाडौँमा बसोबास गर्दै आउनुभएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बस्नुभएको थियो । उहाँ चार दिनअघि अचानक […]