२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

समाचार

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै:नेता कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाणित भएको बताए । एकपछि अर्को अपराधको घटना आउन थालेको र यस्ता घटनामा […]

बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैयादेखि ‘कमला– ढल्केवर–पथलैया’ सडक खण्ड स्तरोन्नतिको क्रममा १८ हजार ६ सय रुख कटान हुने भएको छ । मधेस प्रदेशका ६ जिल्लालाई छोएको बाराको पथलैयादेखि सिराहा जिल्लाको कमला नदीसम्मको १३० किलोमिटर क्षेत्रमा राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका १८ हजार ६ सय रुख कटान हुने भएको आयोजनाले जनाएको छ […]

काठमाडौं । मधेसको मुद्दालाई संसदमा प्रवेश गर्न नदिएको भनेर २०७१ मा मधेस विरोधी पार्टीको छवि बनेको थियो एमालेको । सप्तरी, सिरहा लगायतका ठाउँमा ब्यानरै बनाएर एमाले निषेधित क्षेत्र, केपी शर्मा ओली निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यतिबेला भएको मधेस आन्दोलनमा रौतहटमा माधवकुमार नेपालको घर तोडफोड हुनुको साथै मधेसमा एमालेका कुनै कार्यालय दुरुस्त थिएन । […]

काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज भदौ ८ गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ ७ गते सम्ममा १० लाख ९० हजार ९५३ जनाले १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा […]

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार निजको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी […]

काठमाडौं । बागमती नदीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ । जल सतह अझै बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बागमती तटीय क्षेत्र रौतहट र सर्लाहीको डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेकोले नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो देशभर सामान्य […]

झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई […]