काठमाडौं । आरती साहका परिवारले सहमतिअनुसार माग पूरा नभए पुनः संघर्षमा उत्रिने चेतावनी दिएको छ । आरतीकी आमा निर्मलादेवी र दाइ प्रेम साहले मंगलबार विज्ञप्ति जारी गर्दै न्यायिक संघर्षमा पूर्व सहमतिअनुसार राज्य पक्ष इमान्दर भइदिन आग्रह गरेका छन् । आरती साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १० महिनादेखि परिवारका सदस्यहरूले संघर्ष गर्दै आइरहेका थिए । […]
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]
काठमाडौं । ‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) को संलग्नता रहेको विषय संसदमा उठेको छ । मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् । सांसद यादवले भने- ‘श्रममन्त्री डीपी […]
काठमाडौं । मदिरा तस्करी र राजस्व छलीको पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका सिरहाका पत्रकार विनय आजादको सुरक्षाको विषय संसदमा उठेको छ । जनमत पार्टीका सांसद अब्दुल खानले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहसिक रिपोर्टिङ गरेका पत्रकार आजादलाई राज्यले संरक्षण गर्नुपर्नेमा प्रहरीकै रोहबरमा तस्करहरूले आक्रमण गर्ने योजना बनाएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् । पत्रकार आजादले गत चैत […]
जनकपुरधाम । निर्माण व्यवसायी संघ धनुषाको सदस्य पदमा सन्तोष कुमार यादव सहित दुई जना निर्विरोध निर्वाचित भएको छ । आईतबार यादव निर्माण व्यवसायी संघ धनुषा अन्तर्गतको क वर्गको सदस्य पदमा निर्वाचित भएको हो । निर्वाचन कार्यालयले तोकेको अवधि भित्र उक्त पदमा अन्य उम्मेदवारले मनोनयन दर्ता नगरेपछि यादव निर्विरोध विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । […]
जनकपुरधाम । नेपाली कांग्रेसका नेता गोपाल प्रसाद साह जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार जनमत पार्टीका केन्द्रिय सचिवालय सदस्य ई.शम्भुनाथ साहले नेपाली कांग्रेसका नेता साहलाई पार्टीमा प्रवेश गराइएको छ। उनले पार्टीका सदस्यता तथा पार्टीको लोगोसमेत लगाएर पार्टीमा नेता साहलाई स्वागत गरेका हुन। पार्टी प्रवेश गरेका नेता साह जनकपुरधाम उपमहानगरपालिका-२४ का निवासी रहेको छ।उनी नेपाली […]
जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भासिएको कमला पुल असार १५ भित्र पुनः निर्माण गर्न निर्देशन दिएका छन् । पुलको निरीक्षण गर्न गएका उनले ठेकेदार कम्पनीका प्रतिनिधिलाई भने, ‘असार १५ भित्र काम सकेर पुल सञ्चालनमा आउनुपर्छ । यदि सक्नुहुन्न भने विकल्प खोज्छौँ ।’ धनुषा र सिरहालाई जोड्ने कमला पुल निर्माणका […]
काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]