३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

समाचार

नयाँ गठबन्धनमा भागबण्डाको सकस, अर्थ र गृह मन्त्रालयमा माओवादीको दाबी

काठमाडौं । बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। आज अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। स्रोतका अनुसार माओवादी वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका तत्कालीन गृहमन्त्री श्रेष्ठले एमाले […]

महोत्तरी । महोत्तरीको रातु खोलामा भएको अवैध उत्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिबासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ । निवेदकहरूले पेस गरेको प्रमाणलाई आधार बनाएर आज सर्वोच्च अदालतले उत्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरू पदमबहादुर श्रेष्ठ, राजु फुयाँल, सुधनराज आचार्य, बिष्णुकुमार थोकर र सुदिपकुमार भुजेलले गरेको बहसमा […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् । ​​​ कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन महानगरको पुरानो कार्यालय बागदरबार पुगेका डा. राउतले कवाड सोच भएका नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका हुन् ।​​ ‘कवाड व्यवसायीहरूको आन्दोलनमा जनमत पार्टीको तर्फबाट ऐक्यबद्धता​ छ । कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन् । शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र अबिर […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नयाँ सुविधा सम्पन्न होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ कदमचोकस्थित होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको हो । (सोमबार) विधिवत रूपमा रिबन काटेर होटलको उद्घाटन गरिएको छ । कदमचोकदेखि शिवचोक जाने बाटोमा राजश्री बैंकको अगाडि र सेन्टर मार्टको माथिल्लो तल्लामा रहेको सो रेष्टुरेन्ट सुविधा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ। धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् । ‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर […]

काठमाडौँ । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन गैरआवासीय मधेशी सङ्घ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा.श्यामबाबु महतो चयन भएका छन्। पाँचौँ महाधिवेशनबाट महतोको अध्यक्षतामा ५४ सदस्यीय अन्तर्राष्ट्रिय कार्यसमिति चयन भएको हो। जनमत पाटीका अध्यक्ष डा.चन्द्रकान्त राउतको प्रमुख आतिथ्यमा सम्पन्न पाँचौँ महाधिवेशनबाट कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा ई. विजयकुमार यादव, ई. धिरजकुमार साह, […]