न्यूजमधेश सम्बादाता महोत्तरी,१० भदौ । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भदौ । प्रदेश नं २ मा कोरोना सङ्क्रमणको दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ । विपन्नका लागि लुगा सहयोग गर्दे आएको सो बंैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडका अभावमा होम आइसोलेशन बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भदौ।प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट […]
न्यूजमधेश डेस्क सप्तरी ,१० भदौ । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएको सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका सर्वाधिक धान खेती हुने पाँच स्थानिय तहमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका हुन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, […]
न्यूजमधेश डेस्क राजविराज ,९ भदौ। सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरुपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले गए राति बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा लादिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले […]
नानीमैयाँ कटवाल सप्तरी ,८ भदौ । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुभएको हो । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ । कोरोना भाइरस रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ […]
न्यूजमधेश सम्बादाता रौतहट ,७ भदौ । रौतहटको धर्मपुरमा बागमती नदीमा ऋषिपञ्चमी स्नान गर्न गएका एक बालिकाको डुबेर मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन । नदीमा डुबेकी गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखियाको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिंकुकुमारीसँगै डुबेका १२ वर्षकी सुजिताकुमारी दास र १० […]