२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

मधेस

प्रधानमन्त्रीसँग मधेस सरकारका प्रतिनिधिहरूको भेट, के-के विषयमा भयो छलफल

काठमाडौं । मधेस सरकारका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संवैधानिक व्यवस्थाअनुसारको सङ्घीय कानुन निर्माणको विषयमा छलफल भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमाको टोलीले संविधानले व्यवस्था गरेअनुसार सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। टोलीले एक महिनाभित्र निजामती सेवा ऐन […]

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग […]

जनकपुरधाम । मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम प्रारम्भ भएको छ । महिलाहरुलाई सामाजिक तथा आर्थिक रुपमा महिला सबल बनाउने उद्देश्यले मधेश प्रदेशका १२ वटा पालिकामा कार्यक्रम सञ्चालन हुने छ । युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू (युएनएफपिए, आईएलओ, युएन वुमन र युनिसेफ) को प्राविधिक सहयोग एवं मधेश प्रदेशको खेलकुद तथा सामाज कल्याण मन्त्रालयको […]

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ । सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागको वीरगञ्ज शाखाका […]

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमालेका सचेतक हरिनारायण महतोले पेश गर्नु भएको सङ्कल्प प्रस्ताव सर्व सम्मतिले बुधबार पारित भएको छ । सङ्घीयताको विपक्षमा आन्दोलन शुरु भएको बेलामा मधेश प्रदेश सभामा नेकपा एमालेबाट सङ्घीयता सहितको गणतन्त्र बलियो बनाउने विषयको सङ्कल्प प्रस्ताव सबै दल तथा प्रदेश सभाका सदस्यहरूको पूर्ण समर्थनमा […]

बारा । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले मधेश प्रदेश सरकारले शिक्षालाई विशेष महत्वका साथ राखेको बताएका छन् । बाराको सिमरामा आयोजित बृहत शिक्षा सम्मेलन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर बनाउनुपर्छ भन्ने आफ्नो पहिलो निर्णय भएको बताए । ‘मधेश प्रदेश सरकारले अबको ४ वर्षमा यो प्रदेशमा कोही व्यक्ति निरक्षर […]

जनकपुरधाम । धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए । सो सूचना पाएपछि इलाका […]

जनकपुरधाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । […]