२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

मधेस

कमला नदीमा ‘देवता मेला’ [तस्बिरहरू]

जनकपुरधाम । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आज ‘देवता मेल’ लागेको छ । देवता मेलाको अवसरमा आज बिहानैदेखि कमला नदिमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष स्नान गर्ने सदियौँको परम्परा रहि आएको छ ।

सिरहा : सिरहाको औरही गाउँपालिकालाई जनमत पार्टीद्वारा किसानका लागि गहुँ बिउ र मल खाद्य समयमा आपूर्ति गरि वितरण गर्न ध्यानाकर्षण गराएको छ। तराईका किसानहरु अहिले धान काटेर भित्राउने र गहुँ छर्ने सुरसारमा छन् । तर पालिकाले किसानका लागि अनुदानमा गहुँ खरिद गरि वितरण गर्न रु.८,००,००० (अक्षरेपी आठ लाख )रकम छुट्याइए पनि गहुँ खरिदको कुनै पनि […]

राजविराज । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सप्तरी जिल्लाका हरेक खेलाडीको व्यवस्थापन गरिने बताएका छन् । क्रिकेटर विवेक यादव र भारोत्तोलन खेलाडी संजय यादवलाई सम्मान गर्न जिल्ला खेलकुद विकास समिति, सप्तरीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । ‘आर्थिक कारण नै खेलाडी खेलकुद छाड्न […]

काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । […]

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले धनुषाको प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई खटाएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत शर्माको बिहीबार काज सरुवा भएको हो। यसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो। आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो।

सिरहा । नेपाली कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर यादव (मरर) जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार औपचारिक रूपमा जनमतमा प्रवेश गरेका हुन् । नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सांसद डा. सिके राउतले अबिर र खादा लगाई पार्टीमा स्वागत गरे । मधेश आन्दोलनपछि राजनीतिमा पूर्ण सक्रिय यादव मिर्चैया क्षेत्रमा स्थापित […]

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन् । औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरिले जानकारी दिएका छन् । ती […]

वीरगन्ज । दीपावलीमा चाहिने माटाका भाँडाकुँडा, झिलिमिली बत्तीलगायतका विद्युतीय सामान तथा पूजाका लागि आवश्यक थरीथरीका सामग्री बिक्रीका लागि राखिएकाले वीरगञ्ज क्षेत्रका बजारको रौनक फर्किएको भान हुन्छ । आयातित विद्युतीय सामग्रीका माझमा माटाका दियो र भाँडाकुँडाको थुप्रो देख्दा सांस्कृतिक रीतिरिवाज सम्पन्न गर्न यस्ता वस्तुको महत्व अझै कम नभएको बुझ्‍न त सकिन्छ । तर परम्परागत रुपले यस्ता […]