१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

मधेस

सर्लाहीमा दुई पक्षबीच झडप,भोलि ८ बजेसम्म कर्फ्यू

जनकपुरधाम । दुई पक्षबीच झडप भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू जारी भएको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच […]

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]

सर्लाही । सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् । जिल्लामा सबैभन्दा धेरै उत्तरपश्चिम भेगस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने बागमती नगरपालिकाको छ वटा वडामा स्वास्थ्य संस्था छैन । बागमतीको […]

वीरगन्ज। पर्सामा एक किशोरीले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया किशोरीले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो । मोटरसाइकल चालक १६ वर्षिया किशोरी पनि भारतीय नै […]

राजविराज । सप्तरीको दुई पालिकामा नयाँ हाकिम आउने भएका छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका र बिष्णुपुर गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन् । तिलाठी कोइलाडी गाउँपालिकामा राजकिशोर साह र बिष्णुपुर गाउँपालिकामा प्रतिक्षा रेग्मी । दुबै शाखा अधिकृत हुन् । यी दुबै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहबाट यहाँ आउन लागेका छन् […]

पर्सा ,२७ साउन। ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो सवा १२ बजेको समयमा ठोरी गाउँपालिका–५ सुवर्णपुर वर्णमाला स्कुल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा शंकास्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका ठोरी गाउँपालिका–३ का १९ […]

महोत्तरी,२५ असार। महोत्तरीमा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो। उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष […]

जनकपुरधाम,१० असार।धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आइतबार सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन।नगरप्रमुख दासले प्रस्तुत गर्दै उनले बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ […]