२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेस

धनुषाका सिडियो भन्छन् : कमला पुल भत्किनु राष्ट्रकै लागि ठूलो क्षति

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ असार। धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्धुप्रसाद बास्तोलाले भासिएको सिरहा–धनुषा जोड्ने कमला पुलको शुक्रवार निरीक्षण गरेका छन् । निरीक्षणपछि प्रजिअ बास्तोलाले सञ्चालनको तयारी भइरहेको बेला पुल भत्किनु राष्ट्रकै लागि क्षति भएको उनले बताए। उनले भने, ‘मैले आयोजनासँग बुझेअनुसार हस्तान्तरण गरी नसकेको अवस्था रहेकाले ठेकेदार कम्पनीले नै पुल पुनः निर्माण गर्नुपर्ने हुन्छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार ।धनुषा- सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदिमा निर्माणको अन्तिम चरणमा रहेको पुलको भासिएको पिलरमा शुक्रवार थप क्षति भएको छ । भाँसिएको पिलर माथिको ७० मिटर भाग पूर्ण रुपमा नदिमा भासिएको छ । बिहिवारको बाढीमा पुलको सिरहा जिल्ला तर्फवाट दोश्रो पिलर भासिएकोमा पुलको माथिको भाग नै पानीमा बसेको छ । […]

न्यूजमधेश डेस्क महोत्तरी ,१८ असार ।विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । प्रदेश नं २ सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ कानून व्यवसायीले बहस गरेकामा आज विपक्षीका तर्फबाट बहस भएको छ । रिट निवेदनम प्रदेश प्रमुख, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् । उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका […]

न्यूजमधेश डेस्क रौतहट ,१७ असार । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ७ किलोमिटर दक्षिण–पूर्व लाग्दा सिन्दुरेघारी गाउँ पार गरेलगत्तै साना झुपडीका बाक्लै बस्ती देखिन्छन् । मुसहर समुदाय बसोबास गर्ने यो बस्तीमा बिहान एक जना पनि पुरुष देखिँदैन । अर्काको घरमा ज्याला–मजदुरी गर्न जान्छन् । चरम गरिबीको रेखामुनि रहेको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका पुरुष र महिलाहरू एक दिन काम […]

गोपाल प्रसाद बराल महोत्तरी ,१७ असार । झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ । पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो । कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ । जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर […]

न्यूजमधेश डेस्क विरगंज ,१७ असार । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र […]