०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

मधेस

भासिएको कमला पुलको माथिको भागनै पानीमा

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार ।धनुषा- सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदिमा निर्माणको अन्तिम चरणमा रहेको पुलको भासिएको पिलरमा शुक्रवार थप क्षति भएको छ । भाँसिएको पिलर माथिको ७० मिटर भाग पूर्ण रुपमा नदिमा भासिएको छ । बिहिवारको बाढीमा पुलको सिरहा जिल्ला तर्फवाट दोश्रो पिलर भासिएकोमा पुलको माथिको भाग नै पानीमा बसेको छ । […]

न्यूजमधेश डेस्क महोत्तरी ,१८ असार ।विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । प्रदेश नं २ सरकार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा अधिवक्ता राजकुमार महासेठले असार १० गते पेश गरेको रिट निवेदनमाथि बहस आज पनि जारी रहेको छ । बुधवार निवेदकका तर्फबाट आवेदक महासेठसहित आठ कानून व्यवसायीले बहस गरेकामा आज विपक्षीका तर्फबाट बहस भएको छ । रिट निवेदनम प्रदेश प्रमुख, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असार । कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् । उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका […]

न्यूजमधेश डेस्क रौतहट ,१७ असार । पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ७ किलोमिटर दक्षिण–पूर्व लाग्दा सिन्दुरेघारी गाउँ पार गरेलगत्तै साना झुपडीका बाक्लै बस्ती देखिन्छन् । मुसहर समुदाय बसोबास गर्ने यो बस्तीमा बिहान एक जना पनि पुरुष देखिँदैन । अर्काको घरमा ज्याला–मजदुरी गर्न जान्छन् । चरम गरिबीको रेखामुनि रहेको चन्द्रपुर–९ स्थित मुसहर बस्तीका पुरुष र महिलाहरू एक दिन काम […]

गोपाल प्रसाद बराल महोत्तरी ,१७ असार । झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ । पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो । कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ । जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर […]

न्यूजमधेश डेस्क विरगंज ,१७ असार । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ असार । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो […]