०४ आषाढ २०८२, बिहिबार
19-06-2025 , Thu
×

मधेस

वीरगञ्ज महानगरमा दाेब्बर मतले राजेशमान अगाडि

न्यूजमधेश डेस्क पर्सा, ४ जेष्ठ । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १६ हजार १ सय १३ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले ८२०५ मत प्राप्त गरेका छन्। हालसम्म ३० हजार १ सय ३६ मत गणना भएको छ। उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ […]

न्यूजमधेश डेस्क सप्तरी,४ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ मा जनमत पार्टीका वडाध्यक्ष पदका उम्मेदवार सिकेन्द्र कुमार साह विजयी भएका छन । साहले ३ सय ४० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ढलाई मण्डलले ३ सय १ मत प्राप्त गरेका छन । जनमतबाट विजयी भएका साह युवा […]

न्यूजमधेश डेस्क वीरगंज,२३ बैशाख ।भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए । सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ बैसाख। आसन्न निर्वाचन बैसाख ३० लाई लिएर माहौल तातिएको छ।कहि चर्चा परिचर्चा त कहि टिकट बाडफाडमा प्रतिनिधि ब्यस्त देखिएको छ।पार्टी कार्यालय धाउन प्रतिनिधि पनि पछि परेका छैनन ।गत स्थानिय चुनाव आम्दानिको मुख्य श्रोतकै रुपमा देखिएकोले यतिबेला दुइचारको बिचमा गफ दिने कार्यकर्तासहित संघिय प्रतिनिधि पनि पार्टी कार्यालयमा लाखौको रकम लेनदेन गरि तालमेल […]

सुमित साह । जनकपुरधाम आज राजर्षी जनक विश्वविधालय मा नयाँ पदाधिकारी को आगमन संगै करीव वर्ष दिन देखि चलिरहेको प्राज्ञिक आन्दोलन ले विश्राम लिएको छ । विश्वविधालय मा कार्यरत पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरुले विश्वविधालय को समग्र बिकास तथा पेसागत हकहितको निम्ति गरिआइरहेको आन्दोलनको कारण ले करिब ८ महिनादेखी विश्वविधालय भि .सि . कार्यालय र रजिस्ट्रार […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ चैत्र। धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो । सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ चैत्र। मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै शुक्रबार स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी प्रदेश सरकारविरुद्ध प्रदर्शन गरे। […]

न्यूजमधेश डेस्क सर्लाही ,२५ चैत्र। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका […]