गोपाल प्रसाद बराल महोत्तरी ,१७ असार । झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ । पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो । कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ । जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर […]
न्यूजमधेश डेस्क विरगंज ,१७ असार । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ असार । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो […]
न्यूजमधेश डेस्क लहान ,१५ असार । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ । बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र काम सम्पन्न भइसके पनि जग्गा अधिग्रहणको विवादका कारण इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघन चौकदेखि पश्चिमबीचको करिब ३०० मिटर सडक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार ।प्रदेश २ का महोत्तरी जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको मनरासिस्वा नगरपालिकाको छुट्टाछुट्टै ठाउँमा चट्याङ् खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ साढा निवासी प्रेमशिला देवी र वडा नम्बर ५ कटैया निवासी विषेश्वर राय छन् […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ असार । प्रदेश २ सरकारको मुख्य प्रशासनिक थलो मानिएको ‘मधेस भवन’ मा नेपाली काँग्रेस भित्रिएसँगै मधेस आन्दोलनका सहिदको उपेक्षा गरिएको गुनासो बढ्न थालेको छ । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली काँग्रेसलाई तीन मन्त्रालयसहित सत्ता साझेदार बनाएपछि काँग्रेसले सम्हालेका मन्त्रालयमा मधेस आन्दोलनका सहिदको तस्बिर हटाएर काँग्रेसका मन्त्रीहरूले आफ्नै पार्टीसम्बद्ध नेताहरूको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार । बिहानदेखिको भारी वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ । सोमबार बिहान करिब १० बजेदेखि भारी वर्षा भएपछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो । भारी वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न […]
न्यूजमधेश डेस्क महोत्तरी ,१४ असार । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, […]