०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

प्रदेश

झापा-सुनसरी खण्डमा फेरि रेलको ठेक्का लगाउन कसरत सुरु

न्यूजमधेश डेस्क काठमाडौं ,१४ फागुन । सरकारले पूर्व-पश्चिम रेलमार्गको पूर्वी खण्डको ठेक्का फेरि लगाउन कसरत थालेको छ । रेल विभागले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर रेलमार्ग बनाउने प्रक्रिया अघि बढाउन पूर्वतयारीका लागि आधारभूत काम थालेको बताएको छ । विज्ञहरुले पूर्व-पश्चिम रेलमार्गमा नयाँ खण्डमा काम थाल्नुअघि रेलमार्गबारे राजनीतिक तथा प्राविधिक रुपमा विभिन्न निर्णय, अध्ययन र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी, मिथिला बिहारी नगर समितिद्वारा आज मिथिलाबिहारी नगरपालिका–४ रमौलमा आयोजित मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको सिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मूलधारमा ल्याउन प्रदेश […]

न्यूजमधेश डेस्क राजविराज ,११ फागुन । सप्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यबाट शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षद्वारा आयोजित कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पहिलो दिन १४ लाई राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभयो । प्रजिअ आचार्यले सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र योजना ल्याइएको भन्दै सप्तरीमा २०७६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारको प्राथमिकतामा नपरेको कारण भोजपुरी भाषाको अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ । वीरगञ्जको गहवामा आज आयोजित एक समारोहबीच भोजपुरी प्रतिष्ठानको भवन शिलान्यासका क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले लामो समयसम्म एउटै भाषा एउटै वेशको नीति राज्यले अङ्गीकार गरेको कारण अति नै समृद्ध […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ फागुन। प्रदेश २ को प्रमुखमा नियुक्त राजेश झा कार्यभार सम्हाल्न अस्थायी राजधानी जनकपुरधाम आएका छन् । आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरेका छन् । ओली समूहको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीब झासहितको टोलीले प्रदेश प्रमुख झालाई १ सय १ किलोको माला लगाएर स्वागत गरे […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ फागुन । बालक अपहरण गरेको आरोपमा प्रहरीले धनुषामा बालकको बुबा, मामासँगै तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले नगइराइन नगरपालिका – ६ जटहीका रमेश दास, मामा लक्षेश्वर दास र अर्का एक जनालाई पक्राउ गरेको हो। उनीहरूलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रमेशका सात वर्षीय छोरा […]

न्यूजमधेश डेस्क राजविराज,८ फागुन । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो पटक शुक्रबार विगत पाँच महिनादेखी जवरजस्तीकरणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ५ बस्ने २० वर्षिय मो। सहादत पक्राउ परेका छन् । […]

न्यूजमधेश डेस्क विराटनगर,८ फागुन । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुरानो संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे । […]