०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

प्रदेश

यस्तो छ जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन (फोटो फिचर)

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ मंसिर । जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले […]

न्यूजमधेश डेस्क विराटनगर ,२२ मंसिर । मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले […]

न्यूजमधेश डेस्क झापा ,२२ मंसिर । झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते […]

न्यूजमधेश डेस्क सुनसरी,२० मंसिर । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, […]

न्यूजमधेश डेस्क सप्तरी,२० मंसिर। तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँरबायाँ १५र१५ मिटर भित्र बनाइएका नगर क्षेत्रका भौतिक संरचना डोजर लगाएर भत्काउन शुरु गरेको हो । शनिबार राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, […]

न्यूजमधेश डेस्क इलाम ,२० मंसिर । इतिहासको संरक्षण तथा सम्वद्र्धन गर्न इलाम नगरपालिकाले सङ्ग्रहालय निर्माण गरेको छ । नगरपालिकाले सय वर्षभन्दा पुरानो राणाकालीन दरबारलाई अरनिको सङ्ग्रहालय बनाएको हो । जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा सङ्ग्रहालय बनाइएको हो । लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरण, बाजागाजा, विभिन्न जातिका वेषभूषा र भाडावर्तनलगायतका सामग्री […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो । यी दुबै पेज ह्याक गरी कभर […]

न्यूजमधेश डेस्क बर्दिवास ,१७ मंसिर । महोत्तरीको बर्दिवासमा एक साताअघिको बालिका अपहरण र हत्या एवम् प्रदर्शनमा मारिएका परिवारलाई प्रदेश २ सरकारले राहत घोषणा गरेको छ । आज बर्दिबासमा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले पीडित परिवारलाई राहत घोषणा गर्नुभएको हो । मन्त्री यादवले पीडित परिवारजनलाई दोषीमाथि कडा कार्वाही हुने विश्वास पनि दिलाउनु भएको […]