०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रदेश

नेपाली किशोरीलाई भारत लगिरहेका ६ जना युवक प्रहरी नियन्त्रणमा

न्यूजमधेश सम्बादाता रौतहट ,२५ भदौ । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ […]

न्यूजमधेश डेस्क गौर ,२४ भदौ । प्रदेश २ का रौतहट जिल्लामा अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन्। प्रशासनभन्दा बाहिरका तथा कनिष्ठ कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्। पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि यस्तो समस्या देखिएको हो। रौतहटको गरुडा नगरपालिकामा इञ्जिनियर मोहम्मद मुस्ताक आलम, बृन्दावन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । आज सूर्योदय भएदेखि शुरू भएको यो व्रत भोलि बिहिबार दिउँसो ३ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गर्नुभएको छ । मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ–आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा […]

न्यूजमधेश सम्बादाता बाँके, २३ भदौ । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ । बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक÷एकवटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ भदौ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्न प्रदेशस्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिनु भएको छ । अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनमा गर्नुपर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले […]

न्यूजमधेश डेस्क सप्तरी,२३ भदौ । भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका छन् । भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आइसियु कक्षमा प्रयोग हुने ती महँगो उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य […]

न्यूजमधेश डेस्क सप्तरी ,२३ भदौ।चोरी गरेको आरोपमा सप्तरी प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगररपालिका–७ गुदरीलाइनमास्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा भदौ २१ गते राति चोरी गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो । उक्त किराना पसलमा भदौ २२ गते बिहान खोलेर हेर्दा १ लाख ५० हजार […]