०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश

विराट राजाको दरबार बनाउन कसरत गर्दै

न्यूजमधेश डेस्क मोरंग ,३ फागुन । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ । पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले […]

सिबेन्द्र रोहिता जनकपुरधाम ,३ फागुन । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रहरी चौकीकै अगाडीबाट पत्रकारको मोटरसाइकल चोरी भएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बाट दिउंसो १ बजे अफ द बिट मिडिया प्रालिद्वारा संचालित खोजकेन्द्र डट कमका सम्पादक पत्रकार राजकमल सिंहको पल्सर मोटरसाइकल चोरी भएको छ । भन्सार कार्यालय नजिकै रहेको डेरा […]

न्यूजमधेश डेस्क महोतरी,३ फागुन । बर्दिबास नगरपालिका–१३ का सुवर्ण पौडेलले आफ्ना दिवङ्गत पिताको स्मृतिमा वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्यको जग्गा दान गर्नुभएको छ । समाजसेवामा जग्गा दान र श्रम गर्नबाट कहिल्यै नथाक्ने स्व पिता कृष्णप्रसाद पौडेलको स्मृतिमा सुवर्णले एक करोड मूल्यको चार कठ्ठा नौ धुर जग्गा वडा कार्यालय भवन निर्माण प्रयोजनका […]

न्यूजमधेश डेस्क बुटबल ,१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्। उनले कर तिर्न र नाफा कमाउन व्यवसायीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको शनिबार बुटवलमा शिलान्यास गर्दै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १ फागुन । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक […]

न्यूजमधेश डेस्क सिरहा ,३० माघ । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३० माघ। बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् । खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा […]

न्यूजमधेश डेस्क झापा ,३० माघ । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो । वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र […]