न्यूजमधेश डेस्क वीरगन्ज,२६ मंसिर । पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ । बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो। ‘सुकुल ओढेर सुत्दै आएका हामीले धेरै वर्ष पहिला सिरक पाएका थियौं,’ उनले भने, ‘अहिले त्यही सिरक धुजाधुजा भएर […]
न्यूजमधेश डेस्क राजविराज ,२५ मंसिर । नेपाल–भारत सीमा नाका सप्तरीको तिलाठीमा बुधबार दिउँसो सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । तिलाठी –कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिक सादा पोसाकमा रहेका नेपाल प्रहरी र ड्युटीमा रहेका सशस्त्र प्रहरीबीच झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए । भारतबाट नेपाल आइरहेकाहरुलाई चेक […]
न्यूजमधेश डेस्क मोरंग ,२४ मंसिर । प्रदेशमा निर्माण हुने संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका सबैको पहुँच पुग्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिले संयुक्तरुपमा आज यहाँ आयोजित ‘अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना र विद्यमान संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अब […]
न्यूजमधेश डेस्क महोत्तरी,२४ मंसिर । महोत्तरीमा अतिप्रसिद्ध रौजामजारमा सौन्दर्य अभिवृद्धिको काम थालिएको छ । जिल्लाको बलवा नगरपालिका–११ रौजाबजारस्थित तीन इस्लाम धर्म परम्पराका सुफी सन्तहरुको मजार ९चिहान, समाधीस्थल०मा प्रदेश नं २ सरकारले थालेको सौन्दर्य अभिवृद्धि योजनाले यस भेगमा इस्लाम धर्मावलम्बी खुशी र उत्साहित देखिएका छन् । प्रदेश नं २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत यो धार्मिकस्थलमा सौन्दर्य […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ मंसिर । जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले […]
न्यूजमधेश डेस्क विराटनगर ,२२ मंसिर । मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले […]
न्यूजमधेश डेस्क झापा ,२२ मंसिर । झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते […]
न्यूजमधेश डेस्क सुनसरी,२० मंसिर । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, […]