२२ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

प्रदेश

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा,ज्ञान र चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशले जनकपुरधाममा आज आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तक्र्रियामा मुख्यमन्त्री सिंहले युवा र बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि विद्यालयस्तरबाट नै […]

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको आज उद्घाटन गरेको छ । सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक करोडभन्दा बढी लागतमा निर्मित धर्मशालाको आज मुख्यमन्त्री सिंहले उद्घाटन गरेको हो । मन्दिर समितिका सदस्य विनोदकुमार रजकले धर्मशाला निर्माणकार्यमा विभिन्न सरकारी निकायको आर्थिक सहयोग रहेको जानकारी […]

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो । उहाँले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतालेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आईतबार आयोजित समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितीमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ लगत्तै महतोले पदबहाली गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार […]

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कूल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १६ अर्ब सात लाख एक हजार (३६.४५ प्रतिशत) तथा पुँजीगततर्फ रु २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अब प्रदेशबाबी संघीयताको महसुस गर्ने बताएका छन् । शुक्रबार मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर नेपाल मधेशी निजामती कर्मचारी मंचका केन्द्रीय अध्यक्ष भुवनेश्वर चौधरीसहित पदाधिकारीहरु मधेश प्रदेशका मुख्यमन्त्री सिंहले मंचको तर्फबाट बधाई तथा सफल कार्यकाल शुभकामना व्यक्त गरेका हुन् । त्यसपछि मुख्यमन्त्री सिंहले मंचका पदाधिकारीहरुसंग छलफल गर्दै उनले […]

कलैया । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ। क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसोअज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए। गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको छ।चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको बताएको […]