१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

प्रदेश

भौतिक मन्त्रीका अङ्गरक्षक मृत फेला

हेटौँडा । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अङ्गरक्षकसमेत रहेको अन्दाजी ४५ वर्षीय सुवेदी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार बिहान ६ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका ११ स्थित वनदेवी मन्दिर नजिकै सालको रुखमा सुवेदी […]

जनकपुरधाम । नेपाली कांग्रेसका चर्चित नेता मुना चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाममा एक कार्यक्रमबिच नेता चौधरी जनमत पार्टीमा प्रवेश गरेका हुन।उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरे । अध्यक्ष डा.राउतले पार्टीका सदस्यतासमेत नेता चौधरीलाई हस्तान्तरण गरेको हो। नेता चौधरी मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन।

दिपेन्द्र कुमार यादव ,११ कार्तिक सिरहा : जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत (चन्द्रकान्त राउत ) सिरहाको कल्याणपुर नगरपालिका चिकना बजार आउदै छ। आउदो कार्तिक १९ गते जनमत पार्टी सिरहाको आयोजनामा हुने पार्टी प्रबेश तथा आम सभा कार्यक्रमको सम्बोधन गर्न डा.राउत चिकना बजार आउन लागेको कल्याणपुर नगरपालिका नगर अध्यक्ष रबिन्द्र ठाकुरले जानकारी दिए। पार्टी […]

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता कुमारी साह गृह जिल्ला धनुषा आएपछि भव्य स्वागत गरिएको छ । मन्त्री बनेदेखि पहिलो पटक उनी गृहजिल्ला आएकी हुन् । जनकपुरधाम एयरपोर्टमा धनुषाका सिडियो ,एसपी र जनमत पार्टीका नेता कार्यकर्ता र समर्थकहरु पुगेर मन्त्री साहलाई स्वागत गरेका छन् । मन्त्री साहले सरुवा बढुवामा हुने आर्थिक चलखेल […]

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो । मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको […]

सर्लाही । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत […]

राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रदेशको छुट्टै शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । सप्तरी जिल्लामा विगत आढाई दशकदेखी क्रियाशिल सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको २४औं वार्षिक साधारण सभाको आइतबार राजविराजमा उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई मध्यनजर गरि शिक्षा ऐन […]

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको संयुक्त आयोजनामा सद्भाव र्‍याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वपक्षीय भेलाबाट दुई बुँदे निर्णय गर्दै आइतबार दिउँसो सद्भाव र्‍याली निकालिएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश सांसद कौशल किशोर राय, […]