जाजरकोट । तीन वर्ष अघिमात्रै चार लाखभन्दा बढी खर्च गरेर बनाएको घर भूकम्पले चिराचिरा पारेपछि ३१ वर्षीय सन्दिपा पुनलाई राम्रोसँग न निन्द्रा लागेको छ, न ढुक्कले पेटभरि खान सकेकी छन् । नलगाड नगरपालिका–१, कलपटकी सन्दिपाको एउटा मिर्गौला छैन । एकातिर मिर्गौला पीडित, अर्कातिर दुःखका साथ बनाएको घर ध्वस्त भएको चिन्ताले उनी निकै कमजोर महसुस गर्दैछिन् […]
जनकपुरधाम । धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार शुक्रबार साँझ ५० वर्षीया श्रीमती रामकाशी देवीलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए । सो सूचना पाएपछि इलाका […]
जनकपुरधाम । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । […]
जनकपुरधाम । धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा आज ‘देवता मेल’ लागेको छ । देवता मेलाको अवसरमा आज बिहानैदेखि कमला नदिमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष स्नान गर्ने सदियौँको परम्परा रहि आएको छ ।
सिरहा : सिरहाको औरही गाउँपालिकालाई जनमत पार्टीद्वारा किसानका लागि गहुँ बिउ र मल खाद्य समयमा आपूर्ति गरि वितरण गर्न ध्यानाकर्षण गराएको छ। तराईका किसानहरु अहिले धान काटेर भित्राउने र गहुँ छर्ने सुरसारमा छन् । तर पालिकाले किसानका लागि अनुदानमा गहुँ खरिद गरि वितरण गर्न रु.८,००,००० (अक्षरेपी आठ लाख )रकम छुट्याइए पनि गहुँ खरिदको कुनै पनि […]
धनगढी। नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको माग […]
राजविराज । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सप्तरी जिल्लाका हरेक खेलाडीको व्यवस्थापन गरिने बताएका छन् । क्रिकेटर विवेक यादव र भारोत्तोलन खेलाडी संजय यादवलाई सम्मान गर्न जिल्ला खेलकुद विकास समिति, सप्तरीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त कुरा बताएका हुन् । ‘आर्थिक कारण नै खेलाडी खेलकुद छाड्न […]
काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । […]