०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रदेश

मधेश प्रदेशका सर्लाहीमा जिपको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

न्यूजमधेश डेस्क सर्लाही,८ चैत्र। सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले […]

न्यूजमधेश डेस्क काठमाडौं,८ चैत्र । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ चैत्र । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ । पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ । उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ चैत्र। आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै प्रदेशका आठवटै जिल्लामा पाँच हजार दुई सय १४ जनाले म्यादी प्रहरीका […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र। शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विवादमा झडप हुँदा मोरङको लेटाङमा एक महिला प्रहरी जवानको हत्या भएको छ । प्रर्दशनकारीको आक्रमणमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिला श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको छ । विवादमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको र प्रहरीले भीड नियन्त्रणका लागि गोली […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ चैत्र । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेश अध्यक्षमा गौरी पण्डित ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् । पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए । जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार श्यामकिशोर यादवले ३ […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,२२ फागुन। सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ फागुन। धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको […]