०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

मधेस

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा युवकको ज्यान गयो !

न्यूजमधेश डेस्क राजविराज ,१ माघ । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षका धिरज सदाको मृत्यु भएको हो । ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३० पष।प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा डा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ । जनमत पार्टी धनुषाको आयोजनामा भएको किसान महार्यालिमा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्तासहित किसानहरुले कृषि औजारसहित प्रदर्शन गरेका हुन् । कृषि औजार कोदालो,हसुवा,खुरपी,लहरीको पोट,ढक्किया, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित गाउँ गाउँबाट […]

राजविराज, ३० पुस । सप्तरीको राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै शुक्रवार प्रदर्शन गरेका छन् । पार्टीले आह्वान गरे अनुसार विभिन्न गाउँका टोल टोलबाट किसानहरुले हलो, कोदालो, पराल, मलका खाली बोरालगायतका कृषि औजारहरुसहित प्रदर्शन गरेको हो । राजविराज स्थित राजरंगशालाबाट निकालिएको र्‍याली बजारको विभिन्न भागमा नाराहरुसहित परिक्रमा गर्दै गजेन्द्र चौकमा कोणसभामा परिणत गरिएको थियो […]

न्यूजमधेश डेस्क वीरगन्ज,३० पुष। पर्सा प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो । रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क पर्सा ,२९ पुष । अटो रिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज(३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो। उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार […]

जनकपुर, ९ पुष । रौतहटमा घुर सल्किएर आगलागी हुदाँ ७ वटा चौपायाको मृत्यु भएको छ । मौलापुर– ३ स्थित बैधनाथ साह कानुको गोठमा गएराति बालिएको घुरबाट आगलागी भएको हो । आगलागीले गोठमा रहेको दुई वटा पाडी, दुई बाख्रा, एउटा भैंसी र दुई वटा खसीको जलेर मृत्यु भएका छन् । चौपाया, गोठ र गोठभित्र रहेको अन्न, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ पुष । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आज विहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच सुरु भएको हो । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए । […]

सप्तरी, ६ पुष । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानिय ५२ वर्षीय बाबु नन्द चौधरीको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार साँझ करिब ५ बजे पोखरीमा माछाको चारो हाल्न गएको चौधरीको लास आज (मंगलवार) बिहान ८ः३० बजे भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप […]