०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

करेन्ट लागेर मृत्यु

मधेश प्रदेश : गुडिरहेको ट्रकमा करेन्ट लाग्दा मजदुरको मृत्यु, चालक गम्भीर घाइते

सर्लाही,१९ असार। सर्लाही गुडिरहेको एक ट्रकमा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो। उनी ट्रकमा काम गर्ने मजदुर हुन्। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असोज।सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

परबिन कुमार पण्डित जनकपुरधाम ,१९ भाद्र।रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ। जिल्लाको गरुडा नगरपालिका-२ का स्थानीय दिनेश सहनीकी १४ वर्षीय छोरी अम्बिका सहनीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

न्यूजमधेश डेस्क सिरहा,१८ भाद्र । सिरहामामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक हप्ताभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ । पानी तान्ने मोटरमा खराबी […]

न्युजमधेस डेस्क जनकपुरधाम, १३ साउन। करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुर र झापामा गरि दुई स्थानमा मृत्यु भएका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधीन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा […]

न्यूजमधेश डेस्क राजविराज ,१६ भाद्र । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युपछि शव फर्काएर घरमा […]

सिरहा । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका-४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ । […]

जनकपुरधाम।धनुषाको पुर्वी क्षेत्रमा रहेको कमला नगरपालिका वाड नं.१ मंगराहामा बुवा र छोराको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय जोगेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धर्मेन्द्र मण्डल खेतमा काम गर्न गएका बेला करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय यदुकुहाले जनाएको छ । करेन्ट लागेर घाइते भएको अवस्थामा उपचारका लागि यदुकुहा हेल्थ […]