०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

घुस सहित पक्राउ

पर्साको नापी कार्यालयका सर्वेक्षक ७५ हजार घुससहित अख्तियारको फन्दामा

न्यूजमधेश समचारदाता विरगंज,२१ पुस।पर्सा जिल्लाको नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन्। पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिएको छ। […]

न्यूजमधेश समाचारदाता काठमाडौँ,१ पुस।बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईले सफाइ पाएका छन् । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २१ असोजमा एक लाख ४० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको […]

जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिका वडा नं.८ का वडा सदस्य कारी साहको छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ६० हजार घुससहित पक्राउ परेका छन। सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले भंगहा […]

जनकपुरधाम।धनुषाको नगराईन नगरपालिकाका सव ईन्जिनियर उमेश मण्डललाई शुक्रबार ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट अख्तियारले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नगराईन नगरपालिकाका सव ईन्जिनीयर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने वापत जनकपुर अंचल अस्पताल अगाडी एक सेवाग्राहीसंग […]

अमर पासवान ,सिरहा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सव-ओभरसियर  घुससहित रंगेहात शुक्रबार पक्राउ परेका हुन। अख्तियारले सिरहा जिल्लाको गोलबजार नगरपालिकाका वार्ड नं. ९ स्थित बस्ने सब ओभरसियर  उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड […]