काठमाडौं । ठगी आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका– ६ का सदस्यसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा खहरेका वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र लेकसाइडकै २४ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । आरोपीहरूले […]
जनकपुरधाम ,२८ साउन। साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा रहेका छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]
रौतहट ,१५ असार । रौतहटमा बैंक खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा सातजना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका– १६ नगवाका २१ वर्षीय राज नारायण चौरासिया, वडा नम्बर १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय […]
जनकपुरधाम,७ जेष्ठ ।मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालले एक जना बिरामीको गलत रिपोर्ट दिएपछि अस्पताल प्रशासनको बिरोधमा उत्रिएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार धनुषाको सहिदनगर नगरपालिका-२ का अजय यादवका श्रीमती शर्मिला देवी यादवको रगत चेकजाँच गराएपछि अस्पतालले गलत रिपोर्ट दिएका थिए।त्यसको बिरोध गरेपछि विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव ,युवा जनमत […]
न्यूजमधेश डेस्क कैलाली ,१ फागुन । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ भाद्र। धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ बिनटोलका २१ वर्षीय राजकिशोर मुखिया र २२ वर्षीय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिए। ईलाका प्रहरी कार्यलय खजुरीका प्र.नि निरंजन घिमिरे र सशस्त्र प्रहरी बल बिओपि महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त […]
न्युजमधेस डेस्क महोत्तरी,१४ श्रावण। आठ वर्षीया बालिकालाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् । १० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप उनीमाथि लागेको छ । बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य […]
न्यूजमधेश डेस्क सर्लाही ,८ श्रावण । सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् । पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पासवानको साथबाट रु ५० […]