२२ आश्विन २०८१, बुधबार
09-10-2024 , Wed
×

मुख्यमन्त्री सतिश कुमार सिंह

अतिक्रमित जग्गा फिर्ता ल्याइनेछ : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मंगलबार साँझ धनुषा जिल्लाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी त्यहाँका बासिन्दासँग समसदायका समस्याबारे छलफल गरेका छन् । महिनामा एकपटक एक दलित बस्ती अवलोकन गरी त्यहाँका विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन लगायत समस्याका बारेमा स्थानीयसँग कुराकानी गर्ने कार्यक्रमअनुसार मुख्यमन्त्री सिँह वैदेही स्कुल टोलको […]

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन र विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे […]

जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन […]

जनकपुरधाम, १९ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशमा उद्योगवाणिज्य क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले आफ्नो स्तरमा सम्पूर्ण प्रयास गरिरहेको र सोका लागि आवश्यक्ताअनुसार सङ्घ सरकारसँग समेत समन्वय गर्ने बताएका छन् । नेपाल उद्योगवाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री सिँहले प्रदेश सरकारले बारापर्सा कोरिडोरको घोषणा गर्ने वा त्यसका लागि सङ्घ सरकारलाई आग्रह […]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाघ मित्र मधेश अभियानको उद्घोष गरेका छन् । विश्व बाघ दिवशको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा सोमबार आयोजित मानव बाघ सहअस्तित्व र समृद्धि विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्सा राष्ट्रिय निकुन्ज र कोशी […]

वीरगञ्ज। बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जोड दिएका छन्। औद्योगिक कोरिडोरमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको बताउँदै उनले बिस्तारै स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी दिलाउनुपर्ने आवश्यकता औंल्याए। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित हुलास स्टिल उद्योगमा आयोजित नेपालको सबैभन्दा ठूलो ग्याल्भनाइजिङ इकाइको उद्घाटन समारोहलाई सम्बोधन […]